पर्यटन क्षेत्रको रु २५ अर्ब लगानी संकटमा  |  फेसबुक लाइभबाट अस्पतालको वार्षिकोत्सव  |  काँग्रेस जिल्ला सभापतिबाट पत्रकारलाई धम्की  |  कोरोनाको महामारीमा पनि कमाउ धन्दा, नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ  |  सिराहामा लकडाउन उलङघन गरी चलाईएको २८ वटा सवारी साधन कारबाही  |  प्रधानमन्त्रीको कर्मकाण्डी सम्बोधनले थप निराशा र अन्योल बढायो : केसी  |  खाद्यान्न सुरक्षित गरेर भान्सा प्रवेश गराउँदा कोरोनाको सङ्क्रमणको जोखिम कम हुने  |  आज मिति २०७६ चैत्र २६ गते बुधबार,२०२० मार्च ८ तारिख हेरौं आजको राशिफल  |  ‘अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’: सर्बोच्च अदालत  |  भारतबाट १७३ मालबाहक गाडी भित्रिए
धर्म/संस्कृति
Dec 11, 2019
नुवाकोटको थानापती मन्दीरमा आज साँझ भव्य मेला लाग्दै
रबिन थपलिया । काठमाण्डौं । मंसिर २५ । लिच्छवीकालिन इतिहाँस बोकेको नुवाकोट जिल्ला शिवपुरी गाँउपालीका वडा नं ८ स्थीत थानापति मन्दीरमा आज मंसिर २५ गते राती भव्य मेला लग्दै छ । 
प्रत्यक बर्ष धान्यपुर्णीमाको अवसरमा लाग्ने मेलामा नुवाकोट जिल्लाका साथै काठमाण्डौं, धादिङ, सिन्धुपाल्चोक, काभ्रे, चितवन, रसुवा लगायत धेरै जिल्लाबाट भक्तजनहरु बत्ती बाल्न पुग्ने गरेका छन् । धार्मिक, संस्कृति तथा एतिहाँसीक महत्व बोकेको थानापति मन्दीरमा बत्ती बालेमा मनोकामना पुरा हुने जनविश्वास रहंदै आएको छ । थानापति मन्दीरको महिमा बढदै गएपछि श्रदाजु भक्तजनहरुको घुंइचो लाग्न थालेको छ । मेलामा ५ सयको हाराहारीमा महादिप र बत्तीहरु बाल्ने गरेको मन्दीरका पुजारी चेतनाथ थपलियाले बताए । थपलियाहरुको कुलको उत्पती भएको स्थानको रुपमा मानिंदै आएको थानापतिमा मन्दीरको यस मेलाको समयमा देशभरबाट ठुलो संख्यामा थपलियाहरुको समेत उपस्थीति हुने गरेको छ । थानापति मेलामा गत बर्ष शिवपुरी मिडिया नेटवर्कले अखण्ड भजन किर्तन तथा निशुल्क भोजनको व्यवस्था गरेको थियो ।   
के छ त थानापतिको एतिहाँसीक कहाँनी ?
शिवपुरी गाँउपालीका ८ थानापतिमा रहेको उक्त मन्दीरको पौराणीक र एतिहाँसीक महत्वसंगै ठाँउको नाम थानापति राखिएको बताइन्छ । हजारौं बर्ष अगाडी हालको शिवपुरी गाँउपालीका ८ थानापति भित्र रहेको छहरे खोला र बोहरे खोलको बिचमा पर्ने स्थानहरुमा थपलियाहरुको बस्ती रहेको र उक्त स्थानमा रहेको बिर्ता जग्गाहरु राजाले हरण गरेपछि थानापति नाम गरेकी महिलाले आफुहरु र थपलियाहरु माथी अन्याय भएको भन्दै थपलिया कुलका निम्ती आत्मदाह गरेको किंबदन्तीहरु रहेको छ ।  
बिर्ता जग्गा हरण भएपछि सवैतिर हार गुहार गर्दा समेत उक्त जग्गा पाउन नसकेपछि आमाले आफु सहित कान्छो छोरासंगै जलेर आत्मदाह गरेको बताइन्छ । तिन वटा छोराकी आमा थानापतिले जेठो छोरालाई पाटीभञ्जयाङ र कान्छो छोरालाई सामरीभञ्ज्याङ नपुगी नहेर भनेर पठाएपनि आधाबाटो नपुग्दै दुवै छोराले आफनो घर तर्फ र्फकिएर हेर्दामा आगाको मुस्लो देखेपछि हतार हतार घर र्फकंदा आमा र भाई जलेर खरानी भएको देखेका थिए । थानापतिले आत्मदाह गरेपछि सो आगोको मुस्लो दरबार सम्म पुगेको तथा राजाले जे खान खोज्यो किरा र फोहर देख्न थालेपछि आफना सेनालाई बुझन पठाँउदा बिर्ताहरेकोमा आत्महत्या गरेको थाहा पाएपछि थानापतिले आत्मदाह गरेको स्थानको जग्गालाई बिर्ताकै रुपमा राख्न आदेश दिएका थिए । तात्कालीन राजाको आदेश पछि सार्वजनीक बिर्ताको रुपमा रहेको उक्त जग्गामा थानापतिको नाममा मन्दीर निर्माण गरीको थियो । थानापतिको नाममा निर्माण गरिएको उक्त मन्दीर हाल पुरातत्व बिभाग मार्फत २ करोडको लागतमा पुनर्निमाण भई सम्पन्न हुने अवस्थामा रहेको छ । 
मन्दीर पुनर्निमाणको क्रममा थानापतिले आत्मदाह गरेको कुरालाई पुष्टी हुने खालका जलेका काठका गोलहरु माटोमै मिल्न लागेको अवस्थामा समेत भेटीएको थानापति मन्दीरका पुजारी चेतनाथ थपलियाले बताए । अन्यायका बिरुद्ध आत्मदाह गरेर आफनो कुलका निम्ती रक्षा गर्ने थानापतिको मन्दीरको पुजा र प्रसाद नलगाई थानापतिका धेरै थपलियापरिवारहरुले दशैंको टिका समेत लगाँउदैनन् । थानापतिले आत्मदाह गरेको स्थान वरपर तथा थानापति भित्रमा ४० प्रतिशत भन्दा बढी थपलियाहरुको बसोबास रहंदै आएको छ । थानापतिले छहरे र बोहरे खोला भित्र बसोबास गर्नेहरुलाई संघै रक्षा गर्नेछन भन्ने जनविश्वासका कारण त्यस भित्र बसोबास गर्ने सवै जाती र व्यक्तिहरुले थानापतिलाई मान्दै आएका छन् साथै धान्य पुर्णिमाको दिनमा उनिहरुले बत्ती समेत बाल्ने गरेका छन् ।   
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video