प्रमुख समाचार
Dec 14, 2019
व्यवसायीहरुले गुणस्तरीय काम गर्नुपर्छ : मन्त्री पोखरेल
काठमाडौँ,  मङ्सिर २८ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निर्माण व्यवसायीहरुले निर्माणको कार्यमा गुणस्तरीय कार्य गर्नुपर्ने बताउनुभएको छ । निर्माण व्यवसायी सङ्घ मोरङको २५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवसायीहरुले निर्माण कार्यको जिम्मेवारी लिएपछि तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री पोखरेलले व्यवसायीले पूर्वाधार निर्माणमा उच्चतम प्रविधिकको प्रयोग गरी गुणात्मक काम गर्न जोड दिँदै मुलुकको विकासमा सहयोग पु¥याउन ठूलो भूमिका खेलको विचार व्यक्त गर्नुभयो । उहाँले शिक्षा पूर्वाधारको पूर्वाधार भएकाले शिक्षा, प्रविधिको विकासबाट नै मुलुकमा समृद्ध कायम हुने हुँदा यसतर्फ ध्यान दिन व्यवसायी क्रियाशील हुनुपर्ने बताउनुभयो । मन्त्री पोखरेलले व्यवसायीका केही गुनासा र समस्या मन्त्रिपरिषद्को बैठकमा लगी छलफलका माध्यमबाट समाधान गरिने विश्वास दिलाउँंदै टोलीबद्ध भएर काम गर्न आग्रह गर्नुभयो । सङ्घका अध्यक्ष सन्तोषकुमार ढुङ्गानाले समृद्ध कायम तथा रोजगार उपलब्ध गराउन व्यवसायीको ठूलो भूमिका रहेको बताउनुभयो । सङ्घअन्तर्गत मोरङमा तीन सय व्यवसायी आबद्ध छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video