प्रमुख समाचार
Dec 14, 2019
जिपी कोइराला फाउण्डेसन नुवाकोटद्धारा गिरिजाप्रसाद कोइराला कल्याणकारी कोष र पत्रकारीता पुरस्कारको स्थापना
काठमाण्डौं । मंसिर २८। नेपाली राजनीतिका शिखर पुरुष, पुर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाको सम्मानमा स्थापना गरिएको गिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटद्धार गिरिजाप्रसाद कोइराला कल्याणकारी कोष तथा पत्रकारीता पुरस्कारको घोषणा गरिएको छ  । 
गिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटद्धारा आज आयोजना गरिएको विशेष कार्यक्रममा अध्यक्ष रमेश कुमार पाठकले दुईलाख एक हजार राशिको गिरिजाप्रसाद कोइराला कल्याणकारी कोष र पत्रकारीतामा विशेष योग्दान दिने दुईजना पत्रकारहरुलाई बार्षिक जनही १०÷१० हजार राशिको गिरिजाप्रसाद कोइराला पत्रकारीता पुरस्कारको घोषणा गर्नुभयो । 
फाउण्डेसनद्धारा आयोजना गरिएको कार्यक्रममा दुवै मृगौला फेल भएकी नुवाकोटको सुर्यगढी गाँउपालीका ४ की राधिका ओझालाई विभिन्न व्यक्तिहरुद्धारा प्राप्त झण्डै १ लाख ४२ हजार रुपयाँ बराबरको आर्थिक सहयोग समेत प्रदान गरियो । 
Image may contain: 9 people, people smiling, people standing and indoor
फाउण्डेसनद्धारा आयोजना गरिएको विशेष कार्यक्रममा दक्षिण एसियाली खेल सागमा नुवाकोट जिल्लाबाट पदक बिजेता खेलाडी, प्रशिक्षक तथा समाजमा बिभिन्न योग्दान दिने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । कराँतेमा स्वर्ण पदक बिजेता अनु अधिकारी, साइक्लिीङमा स्वर्ण पदक बिजेता लक्ष्मी मगर, तेक्वान्दोमा रजत पदक बिजेता कृष्ण बा तामाङ, उसुमा रजत बिजेता मिना लामा, भारातोलनमा रजत पदक बिजेता अस्मीता राई, जुडोमा रजत पदक बिजेता संजित डंगोल, तेक्वान्दोमा कास्य पदक बिजेता रेजीना रिमाल, कराँतेमा कास्य बिजेता रोजिन पुडासैनी, प्रशिक्षक संगिना बैध र खेलाडी दिनेश महतलाई सम्मान गरिएको छ ।
Image may contain: 5 people, people smiling, people sitting
कार्यक्रममा शिवपुरी मिडिया नेटवर्कका अध्यक्ष रबिन प्र थपलिया, सामाजीक अभियन्ताहरु जगत लामा, मोहन लम्साल र बलराम न्यौपाने, अनन्तराम केसीलाई सम्मान गरिएको थियो ।  
कार्यक्रममा बोल्दै पुर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. राशरण महतले स्व गिरिजाप्रसाद कोइरालाले लोकतन्त्रको विकास र आर्थीक उन्नतीको सुरुवातमा गरेको योग्दान अतुलनीय रहेको बताँउदै उहाँले कोरेको समृद्धिको गोरेटोमा नेपाल हिडिरहेको बताउनुभयो । 
आवश्यक पर्दामा जस्तो सुकै त्याग र जुनसुकै कठिन बाटो हिडन पनि पछि नपर्ने स्व गिरिजाप्रसाद कोइरालाको आर्दशनै लोकतन्त्रको मार्ग रहेको बताउनुभयो । 
कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले राष्ट्रियताको नारा लगाउने ओली सरकारले सिमा मिच्चीदा समेत सिन्को नभाँचेको आरोप लगाउनुभयो । 
सिमाको बिषयमा सत्तापक्ष र प्रतिपक्षसवैको एउटै मत भएपनि ओली सरकार भारत सामु झुकेको आरोप लगाँउदै महतले मिठा भाषण दिनेहरुले काम गदैनन भन्ने ओली सरकारले प्रमाणीत गरेको बताउनुभयो । 
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद बहादुर सिंह लामाले तात्कालीन द्धन्दरत माओबादीलाई शान्ति प्रकृयामा ल्याउने क्रममा गिरिजाप्रसाद कोइरालले गरेको योग्दान इतिहाँसमा स्वर्णअक्षरमा लेखिएको बताँउदै कोइराला महापुरुष भएको बताउनुभयो । 
Image may contain: 10 people, including Shiva Adhikari Abiral and Jagadiswor Narsingh Kc, indoor
कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले नेपाललाई द्धन्दबाट शान्तिमा ल्याउन स्व कोइरालाको ठुलो देन रहेको बताँउदै नेपाली आन्दोलन र नेपाली काँग्रेसको संगठन बिस्तारमा गिरिजाप्रसाद कोइरालाको योग्दान महत्वपुर्ण रहेको बताउनुभयो । 
जिल्ला समन्वय समिति नुवाकोटका सभापति सन्तमान तामाङले गिरिजाप्रसाद कोइराला नेपाली काँग्रेसको मात्र नभई सवैको साझा नेता भएको बताँउदै उहाँले देखाएको बाटोमा काँग्रेस हिडनुपर्ने बताउनुभयो । 
Image may contain: 17 people, including Shiva Adhikari Abiral and Raju Bhatta, indoor
जिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटका उपाध्यक्ष शिव अधिकारीले स्वागत मन्तव्य व्यक्त गदै गिरिजाप्रसाद कोइरालाको त्याग, तपस्या र सर्मपणबाट काँग्रेसले पाठ सिक्दै संगठन बिस्तारमा लाग्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा नेपाल महिला संघ नुवाकोटको अध्यक्ष हिरा पाण्डे, नेपाली काँग्रेस तारकेश्वरका संयोजक होम बहादुर तामाङ लगायतले स्व कोइरालाको योग्दानको बारेमा चर्चा गर्नुभएको थियो । 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video