शिक्षा /स्वास्थ्य
Dec 15, 2019
आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति
जलेश्वर, मङ्सिर २९ महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा बेथिति भेटिएको छ । आयुर्वेद केन्द्रका कर्मचारीहरु प्रायः कार्यालय नआएरै तलब खान्छन् भने महिनाको एकचोटि मात्रै पनि कार्यालय आए पुग्छ । दश जनाको दरबन्दी रहेको सो केन्द्रमा हप्तौँदेखि कार्यालय प्रमुख पवन झा आएको देखिँदैन भने अन्य कर्मचारी पनि यस्तै पालो मिलाएर कार्यालयमा अनुपस्थित रहने गरेको अनुगमनका क्रममा फेला परको छ । प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेश आयुर्वेद महाशाखाका अधिकारी सुजित शर्मा, जलेश्वर नगरपालिकाका प्रमुख रामशङ्कर मिश्रलगायतको टोली अचानक सो स्वास्थ्य केन्द्रमा पुग्दा कर्मचारीहरु अनुपस्थित भेटिएका थिए । अनुगमनका क्रममा केन्द्रमा रहेको औषधि वितरण कक्षमा धेरै औषधि म्याद गुज्रेको भेटिएको थियो भने पर्याप्त मात्रामा औषधिसमेत उपलब्ध नरहेको देखिएको थियो । अनुगमन टोलीले त्यस स्वास्थ्य केन्द्रमा केन्द्रको लेटरप्याड, लेखपढ गर्ने कुनै कागजपत्र र कार्यालयको बोर्डसमेत नरहेको फेला पारेको थियो । राज्यमन्त्री शर्माले जनताको स्वास्थ्यसँग खेलबाड गर्ने कसैलाई पनि नछोडिने भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरुलाई आवश्यक कारवाही गरिने बताउनुभयो । आयुर्वेद महाशाखाका शर्माले गत आवमा मात्रै त्यस स्वास्थ्य केन्द्रमा रु ४० लाखको औषधि उपलब्ध गराइएकामा अहिले त्यहाँ औषधि नरहेको, भएको औषधि पनि म्याद गुज्रिएको र म्याद गुज्रिएकै औषधि बिरामीहरुलाई वितरण गरिएकामा त्यहाँको बेथितिप्रति विशेष ध्यानाकर्षण भएकाले यसमा संलग्न सबैलाई आवश्यक कारवाही गर्ने बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video