शिक्षा /स्वास्थ्य
Dec 17, 2019
थाईल्यांडको समतिभेज ब्यावस्थापन द्वारा ग्राण्डी हस्पीटल भ्रमण
काठमाण्डौं । पुस १ । थाईल्यांडको बैंकक स्थित समितिभेज अस्पताल का  ब्यावस्थापन टीमले आज ग्राण्डी  इंटेरनेशनल हस्पीटल भ्रमण गरेको छ । सो भ्रमण का क्रममा २ अस्पताल बीचको ब्यावस्थापन अनुभव आदान प्रदान, नया चिकित्सा प्रबिधि, चिकित्सा पर्यटन, सर्वसूलभ गुणस्तरयुक्त स्वास्थ सेवा लगायत का बीषय मा छलफल भएको थियो । 
ग्राण्डी  हस्पीटल संचालन अगाबैदेखी समितिभेज हस्पीटलले प्राबिधिक सहयोग गरेको थियो । नेपालमा बिश्व स्तरको सुबिधासम्पन्न अस्पताल र एसियाकै सुबिधा सम्पन्न समितिभेज अस्पताल बीच बिरामीको 'हेरचाह' को उदेश्य र संस्कृति मा समानता छ । 
सो टिमले स्थापना को छोटो अवधिमा ग्रांडी हस्पीटल ले नेपाल को स्वास्थ क्षेत्रमा गरेको प्रगति प्रति ख़ुशी समेत प्रकट गरेको छ । साथै आगामी दीनमा बिसिस्ट सेवाको निम्ति समितिभेज र ग्रांडी ले सबैखाले सहकार्य गर्न तयार रहेको बताइएको छ । 
सो भेटमा ग्राण्डी  अस्पतालका मेडिकल ड़ाईरेक्टर डा चक्रराज पाण्डे र  डेपुटी ड़ाईरेक्टर डा बिनोद बीजूक्छे लगायत ले अस्पतालले दीदै आएको सेवा र प्रबिधि को बारेमा जानकारी गराउनु भएको थियो । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video