सेना/ प्रहरी/ शशस्त्र समाचार
Dec 23, 2019
प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल : एपीएफ फाइनलमा
काठमाडौँ,  पुस ७ एपीएफ क्लब यहाँ जारी सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई ५–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो । नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा आज भएको सेमिफाइनलमा एपीएफले शुरुआतदेखि नै पुलिस क्ब्लबलाई दबाबमा राखेको थियो । एपीएफकी सावित्रा भण्डारीले ह्याट्रिक गर्नुभयो । यस्तै अनिता बस्नेत र रेखा पौडेलले एक÷एक गोल गर्नुभएको थियो । पुलिस क्लबका लागि घिमकुमारी गुरुङ र निशा सुनुवारले एक÷एक गोल गर्नुभएको थियो । एपीएफले त्रिभुवन आर्मी क्लब र भूटानको टोलीबीच आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ । एपीएफका लागि सावित्राले खेलको तेस्रो मिनेटमै गोल गर्नुभएको थियो । यस्तै पुलिसकी निशाले खेलको ४३औँ मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पु¥याउनुभएको थियो । मध्यान्तरअघिको इन्जुरी समयमा एपीएफकी अनिताले दोस्रो गोल गर्नुभयो । लगत्तै पुलिसकी घिमकुमारीले गोल गर्नुभयो । मध्यान्तरपछिको खेल सकिँदासम्म एपीएफ र पुलिस २–२ गोलको बराबरीमा थिए । त्यसपछिको अतिरिक्त समयमा एपीएफका लागि सावित्राले दुई तथा रेखाले एक गोल गर्नुभयो । आर्मी र भूटानको टोलीबीच अहिले केही बेरमा सेनाको मुख्यालयस्थित खेल मैदानमा दोस्रो सेमिफाइनल खेल हुँदैछ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video