आज मिति २०७६ चैत्र २६ गते बुधबार,२०२० मार्च ८ तारिख हेरौं आजको राशिफल  |  ‘अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’: सर्बोच्च अदालत  |  भारतबाट १७३ मालबाहक गाडी भित्रिए  |  एतिहाँसीक नुवाकोटको सिन्दूरे जात्रा स्थगित  |  पसलमा भीड हुन थालेपछि ‘लकडाउन’ कडा  |  नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी  |  काठमाण्डौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ५४५ सवारी नियन्त्रणमा  |  विद्यालयमा क्वारेन्टाइन सञ्चालनका लागि १२ बुँदे आचारसंहिता,के के छ आचारसंहितामा ?  |  राष्ट्रिय शैक्षिक परामर्श संघद्धारा बिदेशमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्न एक्सन टिम गठन  |  राहत वितरणको तस्वीर खिच्न नपाइने : नगरभित्र खाद्यान्नको एउटै दरभाउ
अर्थतन्त्र/सेयरबजार
Dec 24, 2019
थामियो नेप्से, आज पुनः ओरालो
काठमाडौँ, पुस ८ सोमबार दोहोरो अङ्कले बढेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.३७ बिन्दुले घटेर एक हजार १६६.२१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.३२ विन्दुले घटेर २५४.२१ मा पुगेको छ । नेप्से आरोलो लागेपनि कारोबार रकम भने वृद्धि भएको छ । कूल १७१ कम्पनीको २० लाख २९ हजार ८१५ कित्ता शेयर रु ७२ करोड १६ लाख ४२ हजार ९६५ मूल्यमा खरीद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज सात उपसमूहको शेयर ओरालो लाग्दा पाँच उपसमूहको शेयर भने वृद्धि भएको छ । बैंकिङ ०.८४, व्यापार १.५८, वित्त ०.०१, अन्य ०.३८ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ । यस्तै होटल ३५.०१, विकास बैंक ९, निर्जीवन बीमा ५९.५५, उत्पादन १०.१९, जीवन बीमा ४०.३४ विन्दुले घटेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड ३३ लाख १२ हजार १३२ मूल्यमा खरीद बिक्री भए । यस्तै, नागरिक लगानी कोष रु आठ करोड ८२ लाख ७४ हजार ४५१, नेपाल बैंक लिमिटेड रु सात करोड ६२ लाख ३८ हजार ३७७, बुटवल पावर कम्पनी रु दुई करोड ८४ लाख ७० हजार १३६, हिमालयन डिस्टिलरी रु दुई करोड ५२ लाख ९५ हजार ४६७ र साल्ट टे«डिङ कर्पोरेशनको रु एक करोड ८७ लाख २८ हजार ५८९ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार कारोबारका आधारमा सपोट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९.८९ प्रतिशतले कमाए । कञ्चन डेभलपमेन्ट बैंक ९.५७, पाँचथर पावर ९.४३, छ्याङ्दी हाइड्रोपावर ९.४१, जोशी हाइड्रोपावर ८.३३ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ६.७२ विन्दुले कमाए । त्यस्तै, आँखु खोला जलविद्युत् कम्पनी ७.०१, रिडी हाइड्रोपावर ५.४०, गुराँस लघुवित्त वित्तीय संस्था ४.९०, सप्तकोशी डेभलपमेन्ट बैंक ४.६५, सिर्जना फाइनान्स ४.१६ र हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताले ४.१३ गुमाए । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video