पर्यटन /बिबिध समाचार
Jan 01, 2020
इस्वी सन्को नयाँ वर्ष २०२० मनाइँदै
काठमाडौँ, पुस १६ गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२० शुरु भएको छ । जिसस क्राइस्टलाई फाँसी दिएपछि उहाँ जन्मिएको वर्षलाई आधार मान्दै इस्वी सन्को शुरुआत भएको मानिन्छ । जसलाई पोप गेगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै इस्वी सन्लाई स्थापित गरेका थिए । पोप ग्रेगोरीले प्रचलनमा ल्याएको पात्रो भएकाले यसलाई गे्रगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रशियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउनुहुन्छ । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । कहिलेकाहीँ इस्वी संवत् नै प्रचलनमा ल्याउने चर्चा पनि हुने गरेको छ । केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीड भाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । ग्रेगोरियन पात्रोमा सौरमासको गणना हुने तर चान्द्रमासको गणना नहुने भएकाले ज्योतिष शास्त्रानुसार यो वैज्ञानिक नभएको यसको अनुसन्धानमा लाग्नुभएका डा शास्त्रदत्त पन्त बताउनुहुन्छ । “इस्वी सन्मा चन्द्रमासको गणना नहुने भएकाले समयक्रममा दिन फरक पर्दा शासक वा पादरीले भिटो लगाएर यसको निर्णय गर्छन्, यसैले यो पटकपटक विवादमा आएको संवत् हो”, उहाँले भन्नुभयो । विज्ञानमा विश्वास गर्ने भनिएका पश्चिमा देशले एक व्यक्तिले भिटो प्रयोग गरेर प्रचलनमा ल्याएको पात्रोलाई मान्यता दिनु धार्मिक अन्धविश्वासको निरन्तरता भएको डा पन्तको भनाइ छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video