पर्यटन /बिबिध समाचार
Jan 02, 2020
स्वर्ण विजेता सम्मानित
काठमाडौँ,  पुस  १७ नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङ खेलमा स्वर्णपदक विजेता खेलाडीलाई आज नगदसहित सम्मान गरिएको छ । सागअन्तर्गत बक्सिङ खेलमा नेपालले तीन स्वर्णपदक जितेको थियो । जसमा भूपेन्द्र थापामगर, सुनिल शाही र मिनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो । उहाँहरुलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवाल, नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलगायतले सम्मान गर्नुभएको हो । सम्मानस्वरुप उहाँहरुले जनही रु २५ हजार प्राप्त गर्नुभयो । बेलायतमा बस्दै आउनुभएका पूर्वबक्सिङ खेलाडी कुश बस्नेतले सागमा स्वर्ण विजेतालाई सम्मान गर्न उक्त रकम नेपाल बक्सिङ सङ्घलाई पठाउनुभएको थियो । कार्यक्रममा बक्सिङका रजत र कास्य पदक विजेतालाई सम्मान गरिएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video