विपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत : मुख्यमन्त्री राई  |  नेपाल–भारत सीमा क्षेत्रमा खटिएका एक सय ३४ सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखियो  |  खाद्य व्यवस्था कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो  |  आज मिति २०७६ चैत्र २७ गते विहिबार,तदनुसार २०२० अप्रिल ९ तारिख हेरौं आजको राशिफल  |  गाडीबाट कोरोना फैलिने त्रास  |  आइतबारदेखि भरी ग्यास सिलिण्डर किन्न पाइने  |  पुर्नबिमा कम्पनीको सेयर बाँडफाँड, १ लाख ९१ हजार बढीले मागे जति सेयर पाए, यि हुन भाग्यमानी लगानीकर्ता  |  ३३ जना कैदीबन्दी रिहा  |  हरियो तरकारीसँगै कोरोना भाइरस भित्रिने त्रास  |  कोरोनाको अफवाह फैलाउने पक्राउ
समाज
Jan 03, 2020
चिसोमा बालबालिका र ज्येष्ठ नागरिकलाई कसरी जोगाउने ?
प्रकाश सिलवाल
काठमाडौँ,  पुस १८
राजधानी काठमाडौँलगायत मुलुकका अधिकांश भागमा सामान्य वर्षात्सँगै ह्वात्तै चिसो बढेपछि बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य र हेरचाहमा ध्यान तानिएको छ । चिसोका कारण पछिल्ला दिनमा सरकारी र निजी अस्पताल तथा क्लिनिकमा बालबालिको स्वास्थ्य परीक्षण र भर्ना हुने क्रम बढ्न थालेको छ । बालबालिकालाई चिसोबाट जोगाउन नसकिए निमोनिया, रुघाखोकी र झाडावान्ता लाग्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन चिकित्सकको सुझाव छ । पाटन अस्पतालका बाल विशेषज्ञ डा भीष्म पोखरेल चिसोमा विशेषगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई रुघाखोकी र निमोनिया हुन सक्ने खतरा भएकाले न्यानो पारेर राख्न सुझाव दिनुहुन्छ । रासससँग कुरा गर्दैैै डा पोखरेलले भन्नुभयो, “पहिल्यैदेखि दमको समस्या हुनेलाई रुघाखोकीले छिट्टै सताउन सक्छ । पाटन अस्पतालमा भर्ना भएका बालबालिकामा निमोनिया, रुघाखोकी र झाडावान्तको बढी समस्या देखिन्छ तर सम्हाल्नै नसक्ने स्थिति भने छैन ।” उहाँले चिसोमा ‘रोटा भाइरस’ ले ‘भाइरल डाइरिया’ हुन सक्ने भएकाले त्यसबाट बच्न सल्लाह दिनुभयो । ‘रोटा भाइरस’ को खोप निःशुल्क दिने नेपाल सरकारको सूचीमा परेपनि हालसम्म उपलब्ध भइसकेको छैन । डा पोखरेलले बालबालिकालाई न्यानो पारेर राख्न र उमेर अनुसारको नियमित खोप लगाउन अभिभावकलाई आग्रह गर्दै घरका झ्याल ढोका थुनेर कोइला बाल्दा ‘कार्बन मनोक्साइड’ हुन सक्ने जनाउनुभयो । दम र कुपोषण हुने बालबालिकाका लागि फ्लुको खोप लगाउन र दुई वर्षसम्म आमाको दूध नियमित खुवाउन तथा पोषणयुक्त खाना दिन पनि सल्लाह दिनुभयो । उहाँले घरमा अरु कसैलाई रुघाखोकी लागेको छ भने बालबालिकालाई तिनबाट परै राख्न भीडभाडमा नराख्न आवश्यक रहेको जनाउनुभयो । आजैमात्र ३०÷४० जना चिसोबाट असर खेपेका बालबालिकालाई परीक्षण गर्नुभएका त्रिभुवन विश्वविद्यालयका शिक्षण अस्पतालका ‘बाल सर्जन’ डा दिनेश कोइरालाले बालबालिकालाई मुख्यगरी टाउको दुख्न सक्ने भएकाले जोगाउन आग्रह गर्नुभयो । पाँच वर्षसम्मका बालबालिकाको विकासको क्रममा टाउको ठूलो हुने भएकाले उनीहरुको तातो क्षयीकरण (हिट लस) हुन सक्ने भएकाले छातिका साथै टाउको, हात, खुट्टा बचाउन पञ्जा, मोजा, टोपी लगाउन र पसिना आएमा समय समयमा कपडा परिवर्तन गर्न आवश्यक रहेको अनुभव सुनाउनुभयो । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेका कारण आगामी तीन दिनसम्म मौसम बदली भई सामान्यदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षको सम्भावना छ । जाडो मौसमका लागि अधिकांश विद्यालयले आइतबारदेखि तीन सातासम्मका लागि विद्यालयमा बिदासमेत दिँदैछन् । जाडोमा धेरै आगो वा हिटरले बढी सेकाउँदा बालबालिकाहरु खेलेर आलो वा हिटरमा पर्न सक्ने भन्दै उहाँले घर बाहिर हिँडाउँदा बालबालिकाहरुलाई शरीर पूरै छोप्ने र पानीमा नभिजाउन अत्यावश्यक भएको बताउनुभयो । “चिसोमा बालबालिकालाई रुघाखोकी लागेमा तुरुन्त चिकित्सककोमा लैजानुपर्छ । चिसोले श्वासप्रश्वासमा असर र पेट दुख्न सक्ने हुन्छ । आन्द्रामा असर गर्न सक्ने हुन सक्छ”, डा कोइरालाले भन्नुभयो । उहाँले ज्येष्ठ नागरिकलाई पनि स्वास्थ्यमा ख्याल गर्न सुझाव दिँदै चिसो खाने कुरा नखान र तातो खान सिफारिस गर्नुभयो । उहाँले अन्य कुनै रोग भएकाले ज्येष्ठ नागरिकलाई चिसोले थप रोग लाग्न सक्ने र उनीहरुको छालामा बोसो कम हुने हुँदा चिसोले चाँडै भेट्टाउने र दम बिग्रिएमा निमोनिया हुने जनाउनुभयो । वर्षा र हिमपातले चिसो बढाउने भएकाले सतर्क रहन महाशाखाले पनि आग्रह गरेको छ । महाशाखका अनुसार आज काठमाडौँको न्यूनतम ५ र अधिकतम १८ डिग्री सेल्सियस छ भने डडेल्धुरको न्यूनतम माइनस १ दशमलव ५ र अधिकतम ३ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।
तस्विर :thehimalayantimes


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video