अर्थतन्त्र/सेयरबजार
Jan 06, 2020
एक अर्ब ८० करोड बराबरको ‘म्युचुअल फण्ड’ आउँदै
काठमाडौँ,  पुस २१ शेयर बजारमा सुधारको सङ्केत देखा परिरहेको बेला दुई सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार सानिमा बैङ्क र लक्ष्मी बैङ्कको प्रवद्र्धनमा ती योजना आउन लागेका हुन् । ती योजना कूल रु एक अर्ब ८० करोड बराबरको छ । ‘सानिमा लार्ज क्याप फण्ड’ नाम दिइएको सानिमा बैङ्कको सामूहिक लगानी कोष योजना रु एक अर्ब बराबरको छ । योजनामा कूल १० करोड एकाइ बिक्री गरिनेछ । यस्तै लक्ष्मी बैंकले प्रवद्र्धन गरेको ‘लक्ष्मी उन्नती कोष’ योजना रु ८० करोड बराबरको छ । योजनामा कूल आठ करोड एकाइ बिक्री गरिनेछ । ती योजना हाल बोर्डले अध्ययन गरिरहेको छ । छिट्टै बिक्रीका लागि अनुमति दिइने बोर्डले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जमा हाल १९ वटा सामूहिक लगानी कोेषको कारोबार भइरहेको छ । ––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video