प्रवासी खबर
Jan 08, 2020
इरानको आणविक भट्टीनजिकै भूकम्प
तेहरान , पुस २३  ।  इरानमा रहेको आणविक भट्टी नजिकै बुधबार ४.५ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको खाडीमुलुक तर्फको बन्दरगाहनजिकै रहेको इरानको बशेर आणविक भट्टीदेखि ५० किलोमिटर दुरीमा पर्ने ठाउँमा भूकम्प गएको अमेरिकी भूगर्भ अधिकारीहरुले जनाएका छन् । स्थानीय समयानुसार विहान ६ बजेर ४९ मिनेट जाँदा भूकम्प गएको थियो । भूकम्प १० किलोमिटर गहिरो ठाउँबाट गएको थियो । राज्यद्धारा सञ्चालित समाचार संस्था इर्नाले जनाएअनुसार भूकम्पका कारण भएको कुनै क्षतिको विवरण भने अहिलेसम्म प्राप्त भएको छैन । बशेर संकट व्यवस्थापन केन्द्रका प्रमुख जहङगीर डेहघानीले ५.१ म्याग्नीच्युडको भूकम्प गएको ठिक दुई हप्तापछि उहाँ ठाउँमा फेरी अर्को भूकम्प गएको जानकारी दिनुभयो ।
(रासस÷एएफपी)


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video