आज मिति २०७६ फागुन ८ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सिरहामा बालिकामाथि यौन दुरव्यवहार गरेको आरोपमा एक व्यवसायी पक्राउ  |  सशस्त्र प्रहरी इन्सपेक्टर पदको लिखित परिक्षणको नतिजा सार्वजनीक, को को भए पास ?(नामावली सहित)  |  राष्ट्रपतिद्वारा महाशिवरात्रिका सामग्री सङ्कल्प  |  घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ  |  निर्वाचन शान्तिपूर्ण मात्रै होइन, जनमत प्रतिबिम्वित हुनुपर्छ– प्रधानमन्त्री ओली  |  पाँच अङ्कले बढ्यो नेप्से  |  सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छः अध्यक्ष थापा  |  ‘क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ्य भएकाले कोही त्रसित हुन पर्दैन’  |  सरकारले नयाँ र दीर्घमहत्वका काम गरेको छ : सञ्चारमन्त्री बाँस्कोटा
प्रमुख समाचार
Jan 09, 2020
मेलम्चीको काम चाँडो सम्पन्न गर्न मन्त्रीको निर्देशन
काठमाडौँ, पुस  २४ खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको कामलाई जतिसक्दो चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा आयोजित मेलम्ची खानेपानी आयोजनाको कामको पछिल्लो प्रगति अवस्थाबारे छलफलका क्रममा मन्त्री मगरले सरकारले तोकेअनुसार निर्धारित समायभित्रै मेलम्चीको खानेपानी काठमाडौँ ल्याउने गरी कामलाई तीव्र गतिमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो । मन्त्री मगरले भन्नुभयो, “मुहान र सुरुङसम्बन्धी कामलाई समयमै सम्पन्न गर्नुहोस्, जतिसक्दो चाँडो मेलम्ची आउनुपर्छ, कत्ति पनि ढिला नहोस् ।” छलफलमा खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले पछिल्लो समयमा मेलम्ची खानेपानीको काम तीव्रगतिमा अगाडि बढेको जानकारी दिनुभयो । उहाँले करिब ९० प्रतिशत टनेल र ६० प्रतिशत हेडबक्सको काम सम्पन्न भएको जानकारी दिनुभयो । सो आयोजनाअन्तर्गत पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी काठमाडौँमा आउनेछ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video