आज मिति २०७६ फागुन ८ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सिरहामा बालिकामाथि यौन दुरव्यवहार गरेको आरोपमा एक व्यवसायी पक्राउ  |  सशस्त्र प्रहरी इन्सपेक्टर पदको लिखित परिक्षणको नतिजा सार्वजनीक, को को भए पास ?(नामावली सहित)  |  राष्ट्रपतिद्वारा महाशिवरात्रिका सामग्री सङ्कल्प  |  घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ  |  निर्वाचन शान्तिपूर्ण मात्रै होइन, जनमत प्रतिबिम्वित हुनुपर्छ– प्रधानमन्त्री ओली  |  पाँच अङ्कले बढ्यो नेप्से  |  सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छः अध्यक्ष थापा  |  ‘क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ्य भएकाले कोही त्रसित हुन पर्दैन’  |  सरकारले नयाँ र दीर्घमहत्वका काम गरेको छ : सञ्चारमन्त्री बाँस्कोटा
प्रमुख समाचार
Jan 10, 2020
२१ करोड राजश्व छलेको आरोपमा मुद्दा
काठमाडौँ, पुस २५  झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजश्व छली गर्ने एक व्यवसायी विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा चलाएको छ । काठमाडाँै महानगरपालिका–७ बस्ने युनिभर्सल ट्रेड एण्ड सप्लायर्स, युनिभर्सल प्रिन्टिङ प्रेस र युनिभर्सल निर्माण सेवाका सञ्चालक प्रकाशराज गिरीले रु २१ करोड १८ लाख विगो बराबरको राजश्व चुहावट गरेको आरोपमा आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ । उक्त मुद्दामा विभागले विगो असूल गरी बिगोको दोब्बर जरिवाना र तीन वर्ष कैद सजायको मागदाबी गरेको छ । वस्तु तथा सेवा खरीद नै नगरी झुठ्ठा तथा नक्कली कर विजक मात्र खरीद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजश्व चुहावटको कसूर गरेको अनुसन्धानमा खुलेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । प्रतिवादीले राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कसूर गरेको आरोप लगाइएको छ । मूल्य अभिवृद्धि करतर्फ छ करोड र आयकरतर्फ रु १५ करोड १७ लाख राजश्व चुहावट गरेको विभागको जिकिर छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video