नेप्सेमा दोहोरो अङ्कको वृद्धि, झण्डै दुई अर्बको कारोवार  |  सरकारविरुद्ध चलखेल सह्य हुँदैन : प्रम ओली  |  नेपालको एक इन्च भूमि छाड्दैनौँ : उपप्रधानमन्त्री पोखरेल  |  व्यक्तिले हडपेको जग्गामा गाडियोे ‘सरकारी साइन बोर्ड’  |  काठमाडौं महानगरपालिकाले सर्वोच्चको फैसला अपव्याख्या गर्यो : साईनेज एशोसिएन नेपाल  |  प्रतिपक्षको दृष्टिमा सरकारको दुई वर्षे  |  छिटो वार्ता समिति गठन होस्–भूतपूर्व ब्रिटिस गोर्खा सैनिक  |  डेढ दशकपछि नेपाल–बङ्गलादेश परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुँदै  |  कृषि प्राविधिक विद्यार्थीहरुको माग :‘लोकसेवा आयोगबाट मात्रै करार तथा स्थायी कर्मचारी भर्ना गर्नुपर्छ’  |  थप दरबन्दी सिर्जनामा कडाइ
धर्म/संस्कृति
Jan 10, 2020
बौद्ध भिक्षुहरुद्वारा प्रार्थना
काठमाडौँ, पुस २५ बौद्ध भिक्षुहरुले हाल अष्ट्रेलियामा भएको भीषण आगलागीमा परी दर्दनाक मृत्युवरण गर्न पुगेका मानिस तथा करोडौँ जीवजन्तुको मोक्षका लागि आज बौद्धमा प्रार्थना गरेका छन् । विपत्का कारण हताहत भएको दुखद् घटनाप्रति समवेदना प्रकट गर्दै भिक्षुहरुले बौद्ध साहित्यका आर्य त्रिस्कन्धसूत्र, भद्रचर्या प्रणिधानराज, आर्यमैत्री प्रणिधान तथा समन्तभद्र प्रणिधान पाठ गरेका हुन् । बुद्धवचन अनुवाद समिति नेपालद्वारा आयोजना गरिएको कार्यक्रममा ती विषयवस्तुलाई पाठ गरेमा सकारात्मक ऊर्जा प्राप्त भई दिवङ्गत भएका मानिस तथा प्राणीको मुक्ति हुने धर्मावलम्बीको विश्वास छ । उक्त घटनाबाट मृत्युवरण गर्न पुगेका ती सम्पूर्ण प्राणीको शान्तिका लागि प्रार्थना गरिएको उक्त कार्यक्रममा अष्ट्रेलियामा १० हजार ऊँट मार्न लागिएकामा त्यसो नगर्न आग्रह गरिएको छ । केही महिना अगाडि त्यहाँ लागेको डढेलोका कारण ठूलो धनजनको क्षति पुगेको जनाइएको छ । सोही कार्यक्रममा मुलुकमा सुख, शान्ति तथा राष्ट्र कल्याणको कामना गर्दै सम्पूर्ण प्राणीको सुख, शान्ति र समृद्धिको कामनासमेत गरिएको छ । समितिले बौद्ध दर्शनको महत्वपूर्ण साहित्य प्रज्ञा पारमितालाई भोट भाषाबाट नेपालीमा अनुवादसमेत गर्न लागेको छ । समितिका अध्यक्ष टीका शेर्पाले करीब रु चार करोडको लागतमा सो साहित्य नेपालीमा अनुवाद सम्पन्न गरिने जानकारी दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video