सेना/ प्रहरी/ शशस्त्र समाचार
Jan 11, 2020
डाँका मुद्दामा फरार एक प्रतिवादी पक्राउ
 राजेन्द्र महतो  लहान पुस  २५ गते । सिरहामा डाँका  मुद्दा मा फरार रहेका एक प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत सिरहाबाट २०७१बैशाख ३० गते को फैसला ले  डाँका मुद्दामा १ लाख ८० हजार जरिवाना र ६ वर्ष कैद ठहर भई फरार रहेका प्रतिवादी सिरहाको कल्याणपुर नगरपालिका -८  को ४०  बर्शिय मोहमद मुस्तुफा हुसेन मियाँलाई विहिबार  प्रहरी ले पक्राउ  गरेको हो। जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको संयुक्त  टोलीले   मियाँलाई आफ्नै घरमा लुकीछिपि बसेको अवस्थाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन। 
पक्राउ परेका मियाँ लाई जिल्ला अदालत सिरहामा बुझाएको  जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छन।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video