आज मिति २०७६ फागुन ८ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सिरहामा बालिकामाथि यौन दुरव्यवहार गरेको आरोपमा एक व्यवसायी पक्राउ  |  सशस्त्र प्रहरी इन्सपेक्टर पदको लिखित परिक्षणको नतिजा सार्वजनीक, को को भए पास ?(नामावली सहित)  |  राष्ट्रपतिद्वारा महाशिवरात्रिका सामग्री सङ्कल्प  |  घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ  |  निर्वाचन शान्तिपूर्ण मात्रै होइन, जनमत प्रतिबिम्वित हुनुपर्छ– प्रधानमन्त्री ओली  |  पाँच अङ्कले बढ्यो नेप्से  |  सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छः अध्यक्ष थापा  |  ‘क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ्य भएकाले कोही त्रसित हुन पर्दैन’  |  सरकारले नयाँ र दीर्घमहत्वका काम गरेको छ : सञ्चारमन्त्री बाँस्कोटा
प्रमुख समाचार
Jan 12, 2020
जङ्गी अड्डामा राष्ट्र निर्माताप्रति सलामी अर्पण
काठमाडौँ,  पुस २७ नेपाली सेनाले २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डाको मुख्य भवन अगाडि अवस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पहार अर्पण गरेको छ । सो अवसरमा आयोजित विशेष समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्र निर्माताको योगदानको स्मरण गर्दै उहाँको शालिकमा पुष्पहार अर्पण गरी सम्मान प्रकट गर्नुभयो । उक्त अवसरमा सैनिक एक टुकडीले राष्ट्र निर्माताको सम्मानमा सलामी अर्पण गरेको थियो । कार्यक्रममा सैनिक उच्च अधिकृतले पनि उहाँप्रति पुष्पगुच्छा अर्पण गर्नुभयो । विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भनी दूूरदृष्टि व्यक्तिका रूपमा उहाँको सर्वत्र प्रशंसा हँुदै आएको छ । राष्ट्र निर्माताको २९८औँ जन्मजयन्तीका अवसरमा आज मुुलुुकभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइँदैछ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video