समाज
Jan 12, 2020
दारी ग्याङको नियमित भेला सम्पन्न
काठमाडौँ,  पुस २७ ।  दारी ग्याङको नियमित भेला शनिबार सम्पन्न भएको छ । कार्यक्रममा सदस्य मोहन निरौलाले दारी ग्याङको वेबसाइट तयार गरेर हस्तान्तरण गरिने निर्णय अनुरुप पहिलो चरणको काम सकिएको जानकारी दिनुभयो । 
कार्यक्रममा दारी ग्याङका धनगढी र महेन्द्रनगरको सदस्यहरुले दारी ग्याङ बाट भए गरेका कामहरुको जानकारी दिनुभयो । कार्यक्रममा दारी ग्याङ बिज्ञान अभियान अन्तर्गत मुम्बईमा भएको रोबोट युद्ध श्रृंखला र एक्स्पोजर मा भएका जानकारी प्रस्तुत गरीएको थियो । फागुन ६ गते आउँदै गरेको दारी ग्याङको चौथो बार्षिकोत्सवको 
अबसरमा लाइब्रेरी निर्माण तथा विभिन्न स्थानमा सरसफाई कार्यक्रम गरीने योजना प्रस्तुत गरीएको थियो । दारी ग्याङका संयोजक जगदीश भण्डारीले संस्था सुरुवातमा सामान्य ढङगबाट आएपनि सदस्यहरुको कियाशिलता बाट राष्ट्रिय स्तरको कार्यहरु गर्न संस्था सफल भएको छ । कतारमा अलपत्र परेका १५ जना नेपालीहरुलाई नेपाल ल्याउनमा पनि संस्था सफल भएको जानकारी दिनुभयो  । साथै संसकृति शिक्षा स्वास्थ्य बातावरण जनचेतना लगायत समाज रुपान्तरणमा सहयोगी भूमिका खेल्दै आएको छ ।संस्थाले धुमुस सुन्तली फाउन्डेसन सँग सहकार्य गरेर काम अधिबढिरहेको  र आउने दिनमा संस्था समाजिक कार्य मा किय्राशिल रहने बाताउनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video