आज मिति २०७६ फागुन ८ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सिरहामा बालिकामाथि यौन दुरव्यवहार गरेको आरोपमा एक व्यवसायी पक्राउ  |  सशस्त्र प्रहरी इन्सपेक्टर पदको लिखित परिक्षणको नतिजा सार्वजनीक, को को भए पास ?(नामावली सहित)  |  राष्ट्रपतिद्वारा महाशिवरात्रिका सामग्री सङ्कल्प  |  घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ  |  निर्वाचन शान्तिपूर्ण मात्रै होइन, जनमत प्रतिबिम्वित हुनुपर्छ– प्रधानमन्त्री ओली  |  पाँच अङ्कले बढ्यो नेप्से  |  सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छः अध्यक्ष थापा  |  ‘क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ्य भएकाले कोही त्रसित हुन पर्दैन’  |  सरकारले नयाँ र दीर्घमहत्वका काम गरेको छ : सञ्चारमन्त्री बाँस्कोटा
प्रमुख समाचार
Jan 13, 2020
क्षतिपूर्तिको माग गर्दै बाटो बन्द, यात्रु मर्कामा
दमौली,  पुस २८ तनहुँको घिरिङ गाउँपालिका–३ थानीमाईमा शुक्रबार भएको बस दुर्घटनामा परी ज्यान गुमाएका तथा घाइतेका परिवारले आज भीमाद प्रवेश गर्ने बाटो बन्द गराएका छन् । क्षतिपूर्तिको माग गर्दै पीडित परिवारले भीमाद नगरपालिका–६ स्थित बजारमा बाटो बन्द गर्दै सवारीसाधन सञ्चालनमा अवरोध पु¥याएका हुन् । पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ख ६१७५ नं बस अनियन्त्रित भई सडकबाट खस्दा बसमा सवार घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापा र घिरिङ गाउँपालिका–३ बस्ने ४२ वर्षीय नानीमाया गुरुङको मृत्यु भएको थियो । दुर्घटनामा अन्य २२ जना यात्रु घाइते भएका थिए । घटना भएको चार दिन बितिसक्दा पनि यातायात समितिका तर्फबाट क्षतिपूर्तिका लागि पहल नभएको भन्दै पीडित परिवारले बाटो बन्द गर्दा सवारीसाधन चल्न सकेका छैनन् । बाटो अवरुद्ध हुँदा भीमाद बजार हुँदै ऋषिङ, घिरिङ, पाल्पा र स्याङ्जाका विभिन्न ठाउँ जाने यात्रुहरु मर्कामा परेका छन् । इलाका प्रहरी कार्यालय भीमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले यातायात समितिका सम्बन्धित व्यक्ति आइसकेकाले क्षतिपूर्तिका बारेमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार बाटो सञ्चालन गर्ने विषयमा पीडित पक्षसँग पनि छलफल चलिरहेको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video