‘अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’: सर्बोच्च अदालत  |  भारतबाट १७३ मालबाहक गाडी भित्रिए  |  एतिहाँसीक नुवाकोटको सिन्दूरे जात्रा स्थगित  |  पसलमा भीड हुन थालेपछि ‘लकडाउन’ कडा  |  नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी  |  काठमाण्डौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ५४५ सवारी नियन्त्रणमा  |  विद्यालयमा क्वारेन्टाइन सञ्चालनका लागि १२ बुँदे आचारसंहिता,के के छ आचारसंहितामा ?  |  राष्ट्रिय शैक्षिक परामर्श संघद्धारा बिदेशमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्न एक्सन टिम गठन  |  राहत वितरणको तस्वीर खिच्न नपाइने : नगरभित्र खाद्यान्नको एउटै दरभाउ  |  सङ्कटका काला बादल अवश्य हटेर जानेछन्ः प्रधानमन्त्री
अर्थतन्त्र/सेयरबजार
Jan 15, 2020
धितोपत्र बजारः नेप्से २० अङ्कले बढ्यो
काठमाडौँ, माघ  १ ।  पुस मसान्तमा घटेको शेयर कारोवार मापक नेप्से परिसूचक माघको पहिलो दिन २० अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २०.८५ अङ्कले बढेर एक हजार २८४.२३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.६८ अङ्कले बढेर २७८.९७ मा पुगेको छ । परिसूचक २० अङ्कले बढ्दा कारोवार रकम भने ९० करोडमा समेटिएको छ । स्टकका अनुसार आज कूल १७७ कम्पनीका ३० लाख ५५ हजार २३३ कित्ता शेयर रु ९० करोड ४८ लाख १३ हजार ९३२ मा खरीदबिक्री भयो । कारोवार भएका कूल १२ मध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ । होटल ३.५४ अङ्कले घट्दा उत्पादन १६.०६ र अन्य उपसमूहको शेयर ०.८४ अङ्कले गिरावट भएको छ । बैंकिङ २७.१६, व्यापार ६३.४७, विकास बैंक ३५.४२, जलविद्युत् ४.२९, फाइनान्स २०.१२, निर्जीवन जीवन बीमा २३.६३, माइक्रोफाइनान्स २७.२, जीवन बीमा ८१.०७ र सामूहिक लगानी कोष ०.०६ अङ्कले बढेका छन् । आज सबैभन्दा बढी एनआइसी एसिया बैंकको शेयर कारोवार भयो । सो बैंकको शेयर रु सात करोड ४० लाख ७४ हजार ७७० मा खरीद बिक्री भयो । यस्तै एनएमबी बैंकको रु तीन करोड १८ लाख ८२ हजार ८२०, नेपाल बैंक लिमिटेडको रु दुई करोड ९० लाख ७१ हजार ९५३, नागरिक लगानी कोषको रु दुई करोड ८६ लाख ३१ हजार ६९६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ५८ लाख ६६ हजार ४३८, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु दुई करोड २८ लाख ९१ हजार ४१८ र एभरेष्ट बैंक लिमिटेडको शेयर रु दुई करोड १७ लाख ७४ हजार १५७ मा खरीद बिक्री भयो । आज सबैभन्दा बढी विशाल बजार कम्पनीका शेयरधनीले ९.९८ प्रतिशतले कमाए । यस्तै रिलायन्स फाइनान्स ९.९२, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ९.८८, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था रु ९.८५, पाँचथर पावर कम्पान्ट लिमिटेड ९.७६ तथा पञ्चकन्या माइ हाइड्रोपावर र मञ्जुश्री फाइनान्स लिमिटेडको लगानीकर्ताले सामान ९.४७ प्रतिशतले कमाए । स्टकका अनुसार आज रैराङ हाइड्रोपावर डेभलपमेन्टको लगानीकर्ताले सबैभन्दा बढी ७.२७ प्रतिशतले गुमाए । यस्तै सेन्ट्रल फाइनान्स कम्पनी २.७५, शिवम् सिमेन्टस् लिमिटेड २.६५, सानिमा बैंक (ऋणपत्र) २, दिव्यश्वरी हाइड्रोपावर १.८८ र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका शेयरधनीले १.७८ प्रतिशतले गुमाए । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video