आज मिति २०७६ फागुन ८ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल  |  सिरहामा बालिकामाथि यौन दुरव्यवहार गरेको आरोपमा एक व्यवसायी पक्राउ  |  सशस्त्र प्रहरी इन्सपेक्टर पदको लिखित परिक्षणको नतिजा सार्वजनीक, को को भए पास ?(नामावली सहित)  |  राष्ट्रपतिद्वारा महाशिवरात्रिका सामग्री सङ्कल्प  |  घुस लिएको अभियोगमा इञ्जिनीयर पक्राउ  |  निर्वाचन शान्तिपूर्ण मात्रै होइन, जनमत प्रतिबिम्वित हुनुपर्छ– प्रधानमन्त्री ओली  |  पाँच अङ्कले बढ्यो नेप्से  |  सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छः अध्यक्ष थापा  |  ‘क्वारेन्टाइनमा राखिएका सबै नेपाली स्वास्थ्य भएकाले कोही त्रसित हुन पर्दैन’  |  सरकारले नयाँ र दीर्घमहत्वका काम गरेको छ : सञ्चारमन्त्री बाँस्कोटा
प्रमुख समाचार
Jan 16, 2020
लाली र तिगरममा हालसम्म भन्सार कार्यायल खुलेनन्
दार्चुला, माघ २ छोटी भन्सार कार्यालय दार्चुलामा आयात कमहुँदा राजश्व सङ्कलनमा असर परेको छ । नेपालतिर सडकमार्गको पहुँच विस्तारसँगै भारतबाट समान कम आयात हुँदा राजश्वमा ह्रास आएको जनाइएको छ । भारतले व्यापारका लागि वस्तु तथा सेवा शुल्क (जिएसटी) लागू गरेपछि सामान आयात घटेको बताइन्छ । छोटी भन्सार कार्यालय दार्चुलाका अनुसार चालू आर्थिक वर्षको छ महिनामा रु नौ लाख ४८ हजार ६१३ राजश्व सङ्कलन भएको छ । यो अघिल्लो आव २०७५÷७६ को भन्दा रु पाँच लाख १० हजार ९१२ कम हो । जिल्लाको एक मात्रै छोटी भन्सार कार्यालयको रूपमा खलङ्गा रहेको छ । यहाँको मूल भन्सार कार्यालय अहिले पनि बैतडीको झुलाघाट रहेको छ । दार्चुलाको जौलजीवि, दत्तु र सीतापुल भन्सार कार्यालय द्वन्द्वकालीन समयदेखि बन्द छन् । सीमा जोडिएका लाली र तिगरममा भन्सार कार्यायल स्थापना भएको छैन । भन्सार कार्यालय दार्चुलाका कर्मचारी मोहन डोबालले भन्नुभयो, “अहिले भारतबाट जुत्ता÷चप्पल चिनी मात्रै आउँछ, अन्य दैनिक उपभोग्य सामानमा खासै भन्सार लगाइएको छैन्”, उहाँले भन्नुभयो, “व्यापारिकरूपमा आउने सामानको मात्रै भन्सार लगाइँदा राजश्व कम सङ्कलन भएको हो । विगतमा भारतबाट लत्ताकपडा, सिमेन्ट, जस्ता पातालगायतका निर्माण सामग्री आउँदा राजश्व बढी देखिन्थ्यो, तर अहिले सबै सामान नेपालतिरबाटै आउने गरेको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video