सेना/ प्रहरी/ शशस्त्र समाचार
Jan 17, 2020
प्रहरी महानिरीक्षक खनालद्वारा घाइते प्रहरीसँग भेट
काठमाडौँ, माघ ३ माघे सङ्क्रान्ति मेलामा सुरक्षा दिएर फर्कने क्रममा दुर्घटनामा परी घाइते भएका प्रहरीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज अस्पतालमा पुगेर भेट गर्नुभएको छ । खनालले चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेहरुलाई भेट्नु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार चितवन मेडिकल कलेजमा एक जना र पुरानो मेडिकल कलेजमा १४ जना घाइते प्रहरी उपचाररत रहेका छन् । उनीहरुको अवस्थाको बारेमा प्रत्यक्ष भेट गरी खनालले जानकारी लिनुभएको हो । सो क्रममा उहाँले उपचारमा संलग्न चिकित्सकसँग पनि भेट गर्नुभएको थियो । उहाँले उपचारमा कुनै कसर बाँकी नराखी काम गर्न अस्पतालका चिकित्सकलाई अनुरोध गर्नुभएको कोइरालाले जानकारी दिनुभयो । कोइरालाका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा घाइते भएका अन्य १४ जना उपचारपछि घर फर्किएका छन् । पवित्र तीर्थस्थल देवघाट धाममा सुरक्षा दिएर फर्कंदै गरेको नेपाल प्रहरीको गाडी माघ १ गते साँझ दासढुङ्गाको तनहुँतर्फ दुर्घटनामा परेको थियो । सो गाडी जिल्ला प्रहरी कार्यालय तनहुँ तर्फ जाने क्रममा दुर्घटनामा परेको हो । घटनामा एक जना प्रहरी जवानको मृत्यु भएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video