धर्म/संस्कृति
Jan 21, 2020
आज मिति २०७६ माघ ७ गते मंगलबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । माघ ७ ।विक्रम संवत २०७६ साल माघ ७ गते मंगलबार तदनुसार २०२० जनवरी २१ तारिख माघ कृष्ण पक्ष द्वादशी तिथि राति २ । ४१ उप्रान्त त्रयोदशी तिथि ज्येष्ठा नक्षत्र राति १ । १ उप्रान्त मूल नक्षत्र बृद्धि योग विहान ८ । १३ सम्म उप्रान्त ध्रुव योग कौलव करण आनान्दादि योगमा मुद्गर योग चन्द्रमा बृश्चिक रासिमा राति १ । १ सम्म उप्रान्त धनु रासिमा रोग बेला विहान ८ । २७ सम्म चन्द्रमा उत्तरमा दिशामा रहने भयकोले आजकाम गर्दा उत्तरफर्केर यात्रा उत्तर को भएमा सिधै अन्य भएमा केहि उत्तर गएर यात्रा गर्नु बेश विहानै उठेर उत्तर फर्केर ॐश्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं सर्वजनं मां वशमानाय स्वाहः अहिलेको समय देशको लागी अशुभ छ यो मन्त्रको सके सम्म धेरैं जप गर्नुहोला अनि योपनी ॐ क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ दक्षणे कालिके क्रीं क्रीं क्रीं ह्रीं ह्रीं हुँ हुँ स्वाहाः ॐ नमः शिवाय मृत्युन्जय माहाँदेवाय नमोऽस्तुते यो मन्त्रको कम्तीमा १०८ जप गरेर काम सुरुगरेमा सहज र सरलहुनेछ हामीकहाँ पाश्चात्यकुराले जरोगाढेकोछ यस्तो कुरामा विचार गर्नु है
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesस्वास्थमा बाधा काममा अवरोध मनमा चिन्ता लेन देनमा कठिनाइ गलत विचार बढने शत्रुले खैरो खन्ने विस्वास गरेकाले आवस्यक समयमा धोका दिने
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusरमइलो यात्रा यात्राम हुने भेटघाटले काममा सफलता प्रेममा सफलता बैबाहिक चर्चा चल्नेछ पहिलो भेटमा प्रभावितभै सयहयोग गर्ने हरु धेरैहुनेछन
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiशत्रुले षड्यन्त्र गरि सफलतामा अवरोध सिर्जाना गरे पनि आफ्नो लगनसिलता र इमान्दारिताले सफल हुने योग परिश्रम गरेर सफलतामा प्रबेश गर्ने योग आर्थिक उन्नतिमा सफल हुने योग
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerसोचने शक्तिमा कमि आउनाले पढाइमा सफलता नमिल्नुको साथै बौद्धिक कार्यमा अग्रसर हुदा लाभ उठाउन असफल हुने समयमा निर्णय नहुदा विद्यामा उन्नति नहुने योग
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoप्रतिसोध भुलेका मित्रले पुनः याद गरि आफ्नो बाटोमा बाधा पुर्याउने योग घरेलुकाममा अरुको असहयोगले गर्दा असफल हुनगै मनमा खिन्नता बढने भएकोले नयाँ काममा जोढ नदिनु उचित हुनेछ
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoपराक्रम बढने अधुराकाम बन्ने नयाँकाम पाउने इमान्दारिताको प्रसम्साहुने योग भेटघाटमा खुसि बढने मान प्रतिष्ठा पनी बढने योग धैर्यता अपनाउँदा सफलता धेरै मिल्ने
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraबोलिको प्रभाब राम्रो नभएकोले अरुको मन जित्न असफलभै काम हातपार्न असफल अरुलाइ विस्वासमा लिन नसकेर धन माल हात पार्न नसक्ने योग
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioभोजमा सम्लग्न अरुबाट सम्मान आँटेकोकाम सफल ठूला व्यक्तिको विस्वास प्राप्त र अन्तकृयाको अवसर आफ्नु प्रयास र अरुको सहयोगमा धनलाभ हुनेयोग
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusखर्च बढने विबाद बढने काममा अवरोध आउने मनमा चिन्ता बढने विस्वासमा धोका झुटाआरोप लाग्न सक्ने अरुको काम गर्न बाध्य तर जस नपाउने
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornनसोचेको काम सफल धन आर्जन मनग्य हुने शुभ समाचार सुन्न पाइने अरुले सहयोग पनी गर्ने नोकारीमा पनि लाभ खर्च गर्न र वोल्न अलि विचार पुर्यानुहोला
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusनोकरिमा शुभ समाचार राजनितीमा अफ्नु बर्चस्व कायमा राख्न सफल अरुले प्रसम्सागर्ने भुलेकाहरुले याद गर्ने आर्थिक कारोवारमा अघि बढन बेश
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Pisces
धर्ममा अरुचि बढ्नुको साथै मनमा बढ्ने द्विभिधाले काम विग्रने अरुबाट आलोचना हुने योग भाग्यले साथ नदिने मनमा खिन्नता बढने हुनाले सामाजिक कार्यमा आलोचना हुने योग


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video