विपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत : मुख्यमन्त्री राई  |  नेपाल–भारत सीमा क्षेत्रमा खटिएका एक सय ३४ सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखियो  |  खाद्य व्यवस्था कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो  |  आज मिति २०७६ चैत्र २७ गते विहिबार,तदनुसार २०२० अप्रिल ९ तारिख हेरौं आजको राशिफल  |  गाडीबाट कोरोना फैलिने त्रास  |  आइतबारदेखि भरी ग्यास सिलिण्डर किन्न पाइने  |  पुर्नबिमा कम्पनीको सेयर बाँडफाँड, १ लाख ९१ हजार बढीले मागे जति सेयर पाए, यि हुन भाग्यमानी लगानीकर्ता  |  ३३ जना कैदीबन्दी रिहा  |  हरियो तरकारीसँगै कोरोना भाइरस भित्रिने त्रास  |  कोरोनाको अफवाह फैलाउने पक्राउ
समाज
Jan 24, 2020
नुवाकोटमा आमाको काजकिरीयामा रहेका पत्रकार मघुजंघ पाण्डेको काठमाण्डौंको घरमा चोरी
रबिन थपलिया । काठमाण्डौं । माघ १० । आमाको काजकिरीया गर्न नुवाकोट गएका राजधानी दैनिकमा कार्यरत पत्रकार मधुजंघ पाण्डेको काठमाण्डौंको घरमा चोरी भएको छ । 
काठमाण्डौंको तारकेश्वर नगरपालीका ५ लोलाङ जागृति टोलमा रहेको पाण्डेको घरबाट सुनका गरगहना, नगद र ल्यापट लगायतको सामान चोरी भएको हो । आमा कृष्ण कुमारी पाण्डेको माघ ३ गते निधन भएपछि मधुजंघको परिवार छिमेकीलाई घर जिम्मा दिएर किरीयाको लागि नुवाकोटको बेल्कोटमा गएका थिए । घरको ढोकाको ताला अचानक खुलेको भेटेपछी पाण्डेका सालोले प्रहरीमा खवर गरेका थिए । घरमा कोहि नभएकाले चोरले घरको ढोका तथा दराज फुटाएर सामानहरु ढुक्कैले लगेको देखिन्छ, कोठामा सामानहरु यत्रतत्र छरीएको अवस्थामा समेत रहेका छन् घटना स्थल पुगेका बालाजु बृत्तका एक प्रहरीले बताए ।  
महानगरीय प्रहरी बृत्त बालाजुका अनुसार पाण्डेको कोठाबाट नगद ५४ हजार, ल्यापटक, सुनका गहना करिब चार तोला र अन्य सामानहरु हराएको खुल्न आएपनि सम्बन्धीत घर धनीहरु आइनपुगी सकेकाले के कति हराएको भन्ने एकिन हुन सकेको छैन् । चोरी भएको खवर पाएपछि आज बिहान प्रहरीले पाण्डेको घरमा पुगेर मुचुल्का तयार गरेको छ ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video