आजदेखि विराटनगरबाट पनि स्वाब परीक्षण  |  भर्चुअल शिक्षाबारे शिक्षामन्त्री र उपकुलपतिहरुबीच संवाद  |  १० लाखका चोरीका गहनासहित बाबुछोरा पक्राउ  |  मिति २०७६ चैत्र २८ गते आज शुक्रबार,तदनुसार २०२० अप्रिल १० तारिख हेरौं राशिफल  |  उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय  |  तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत  |  कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइने  |  लकडाउनका कारण भोकभोकै मर्न थाले गाईबस्तु
धर्म/संस्कृति
Jan 25, 2020
सस्कृति जोगाउन समुदाय चनाखो बन्नुपर्छ : प्रमुख आयुक्त गुरुङ
कास्की, माघ ११ राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले आफ्नो समुदायका भाषा, सस्कृति र इतिहासलाई जीवन्त बनाउन समुदाय आफै लाग्नु आग्रह गर्नुभएको छ । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको १९ औँ वार्षिकोत्सव, स्रष्टा सम्मान एवं छात्रवृत्ति वितरण कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले विकासक्रममा संस्कार र संस्कृति भुल्ने र विलय हुन सक्ने खतरा हुँदा सस्कृति जोगाउन समुदाय चनाखो बन्नुपर्छ भन्नुभयो । शिक्षा, भाषा, संस्कृति, संस्कार, बोलीचाली संरक्षण र सम्वद्र्धन गर्नु सबैको कर्तव्य रहेको चर्चा गर्दै प्रमुख आयुक्त गुरुङले,“ शैक्षिक, सांस्कृतिक र सामाजिक विकासमा प्रतिष्ठानको योगदान महत्वपूर्ण रहेको छ ।” उहाँले सार्वजनिक निकायले व्यक्तिले मागेको सूचना नदिएको खण्डमा आयोगले उजुरी लिने जानकारी दिनुभयो । प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङले वि.सं. २०५८ सालमा स्थापना भएको संस्थाले तमु समुदायको पछिल्लो पिँढीलाई शिक्षा क्षेत्रमा प्रोत्साहन गर्ने उद्धेश्यले स्वदेश तथा विदेशमा रहेका व्यक्ति तथा संस्थाको सहयोगबाट छात्रवृत्ति अक्षयकोष स्थापना गरी विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको बताउनुभयो । विभन्न १७ जिल्लाका ९१ जना बालबालिकाहरुले छात्रवृत्तिमा अध्ययन गर्दै आइरहेका र १०२ जनाले छात्रवृत्तिमा अध्ययन पुरा गरी माध्यमिक विद्यालय परीक्षा उत्तीर्ण गरेको कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा क्या.मीनबहादुर तमु स्मृति पुरस्कार गायक धनबहादुर गुरुङ, घनबहादुर तमु स्मृती पुरस्कार साहित्यकार तेजबहादुर गुरुङ, लालशोभा उत्कृष्ट आमा सम्मान बेलसुवा तमु, पार्वता तमु स्मृति पुरस्कार मनविर तमुलाई प्रदान गरिएको थियो ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video