पर्यटन क्षेत्रको रु २५ अर्ब लगानी संकटमा  |  फेसबुक लाइभबाट अस्पतालको वार्षिकोत्सव  |  काँग्रेस जिल्ला सभापतिबाट पत्रकारलाई धम्की  |  कोरोनाको महामारीमा पनि कमाउ धन्दा, नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ  |  सिराहामा लकडाउन उलङघन गरी चलाईएको २८ वटा सवारी साधन कारबाही  |  प्रधानमन्त्रीको कर्मकाण्डी सम्बोधनले थप निराशा र अन्योल बढायो : केसी  |  खाद्यान्न सुरक्षित गरेर भान्सा प्रवेश गराउँदा कोरोनाको सङ्क्रमणको जोखिम कम हुने  |  आज मिति २०७६ चैत्र २६ गते बुधबार,२०२० मार्च ८ तारिख हेरौं आजको राशिफल  |  ‘अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’: सर्बोच्च अदालत  |  भारतबाट १७३ मालबाहक गाडी भित्रिए
राजनीति
Jan 26, 2020
लोकतन्त्रको मूल्यमान्यता र आदर्शलाई कायम गर्नेछु : सभामुख सापकोटा
काठमाडौँ,  माघ १२ प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम गर्दै जनताको सार्वभौम सर्वोच्च संस्थाको ओझ र गरिमालाई कायम राख्न आफू सधैँ दत्तचित्त र इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकबाट निर्वाचित भएर बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले आफू तटस्थ, निष्पक्ष र सन्तुलित भूमिका निर्वाहका लागि लाग्ने स्पष्ट गर्नुभयो । उहाँले आफूलाई उम्मेदवार बनाउने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा सहयोग गर्ने नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी, सङ्घीय समाजवादी पार्टीलगायत सबैलाई धन्यवाद दिनुभयो । सर्वाेच्च अदालतमा आफूविरुद्ध परेको पछिल्लो रिट निवेदनका सम्बन्धमा सोधिएको प्रश्नमा उहाँले कुनै प्रतिक्रिया दिनुभएन । राष्ट्रपतिसँग शपथ लिएपछि नवनिर्वाचित सापकोटाले पदभार लिनुहुनेछ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपाका नेता सापकोटा सर्वसम्मतरूपमा निर्वाचित हुनुभएको हो । बैठकमा सभामुखको हैसियतमा रहनुभएका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुख पदका लागि एक मात्र उम्मेदवारीको सूचना प्राप्त भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम सापकोटा सर्वसम्मतरूपमा निर्वाचित हुनुभएको घोषणा गर्नुभएको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video