शिक्षा /स्वास्थ्य
Jan 27, 2020
शिक्षकले कुट्दा कुट्दै विद्यार्थीको हात भाँच्चीयो
राजेन्द्र महतो लहान माघ १३ गते।गृहकार्य नगरेको भन्दै मिर्चेया नगरपालिका- ६ स्थित स्वस्तिक पाठशालामा  कार्यरत शिक्षकले  त्यहीं विद्यालयमा  कक्षा  -६ मा अध्ययनरत बालकको हात भाँचिदिएका छन।
सिरहा नगरपालिका वडा नम्बर २ घर भई सोही विद्यालयको होस्टेलमा बसेर अध्ययन गर्दै आएका कक्षा ६ का १४ बर्षीय बालक ऋतिक यादवको हातभाँचिएको हो । नेपाली बिषयका शिक्षक तारा कार्कीले गृहकार्य नगरेको भन्दै लट्टीले कुट्दा उनको हात भाँचिएको बालकका बुवा बसन्त यादवले बताएका छन।
 ‘तारा सरले घोकेर आउन भन्नुभएको थियो, “केहि घोक्न सकिएन , त्यसपछि उहाँले कुटनुभयो ”बालक ऋतिकले बताएका छ्न।
ऋतिक पछिल्लो ६ बर्षदेखि यहीं विद्यालयको होस्टेलमा रहेर पढ्दै आएका छन् । उनको हात भाँचिएपछि अभिभावकले उपचार गराउँदै आईतबार  घर लगेका छन् ।
ऋतिकका पिता बसन्तले आफ्ना छोरालाई कुट्ने शिक्षक बिरुद्व  सोमबार प्रहरीमा जाहेरी दिने बताएका छ्न ।
गृहकार्य नगरेकै कारण बालकलाई कुटेर हात भाँचिदिएको सम्बन्धमा उक्त पाठशालाका संस्थापक प्रिन्सिपल महेश कार्कीसँग सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् । बारम्बार उनको मोवाइलमा फोन गर्दा समेत उनले फोन उठाएनन् ।
यो पाठशालामा दुई बर्षअघि समेत एक जना बालकलाई कुटपिट गर्दै शिक्षकले हात भाँचिदिएको थियो । 
२०७४ सालमा यूूकेजी मा अध्ययन गरिरहेका  सिरहाको औरही गाउँपालिका -४ कमलपुर  जिबछ साहको  छोरा  दीपक साहलाई पाठशालाका शिक्षकले कुट्दा उनको हात भाँचिएको थियो ।
शिक्षकले कुटेर हात भाँचिदिएपछि दीपकका बुवा जिबछ साहले त्यहाँबाट आफ्ना छोरालाई निकालेर अर्काे विद्यालयमा अध्ययन गराइरहेका छन।
बालमैत्री वातावरणमा अध्ययन गराउन सरकारले निर्देशिका बनाएपनि कतिपय विद्यालयमा बालबालिकालाई अझै पनि कुटेरै पढाउने गरिएको छ । जसका कारण बालबालिका घाइते भइरहेका समाचारहरु बारम्बार सार्वजनिक भइरहेका छन् । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video