कृषि/प्रविधि
Jun 08, 2017
नेपाल डेरी एशोसिएशनको दुई दिने तालिम सम्पन्न
काठमाडौं, जेठ २५ । पशुपक्षी बजार प्रवद्धर्न निर्देशनालयद्धारा आयोजित नेपाल डेरी एशोसिएशनले संचालन गरेको दुई दिने तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रम “उद्यमशीलता विकास संगै राष्ट्र निर्माण” तथा “Entrepreneurship development leads to a flourishing nation’’ भन्ने नाराका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको उद्घाटन नेपाल डेरी एशोसिएशनका अध्यक्षसुमित केडियाको सभापतित्वमा पशुपक्षी विकास मन्त्रालयका सचिवको प्रमूख अतिथि सम्पन्न भएको थियो । यस कार्यक्रमको अवसरमा स्थानिय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा एशोसिएशनका संस्थापक हरिहर तण्डुकार ललितपुर महानगरपालिका वडा नं. १ बाट वडा सदस्यमा निर्वाचित, केन्द्रिय सदस्य मनोज घिमिरे, सदस्य बालकृष्ण सापकोटा, पाँचखाल नपा. वडा नं. ५ अध्यक्ष र वस नारायण महर्जन बुढानिलकण्ठ नपा. ७ को वडा अध्यक्ष रहेका थिए ।

कार्यक्रममा राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक कैलाश प्रसाद ढुङ्गेल, पशुपंक्षी विकास मन्त्रालयका सह सचिव लगायत करिव १५० जनाको सहभागीता रहेका थिए ।



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video