शिक्षा /स्वास्थ्य
Jan 31, 2020
चतुरालेको महेन्द्र मा.विको ५९ औं बार्षिकोत्सब सम्पन्न, गुणस्तरी र प्रतिष्पर्धी शिक्षा दिन प्रदेश संसद मैनालीद्धारा सुझाब
काठमाण्डौं । माघ १७ । नुवाकोटको ककनी गाउँपालिका वडा नं. ७ चतुराले स्थीत महेन्द्र माध्यामिक विद्यालयले ५९ औं बार्षिकोत्सव मनाएको छ ।
विद्यालयमा आयोजीत भव्य कार्यक्रममा बाग्मती प्रदेशका संसद बद्री मैनालीले बार्षिकोत्सबको उदघाटन गर्नुभयो । 
बार्षिकोत्सब कार्यक्रममा बोल्दै बागमती प्रदेश सांसद बद्री मैनालीले निजी विद्यालयहरुमा दिन प्रतिदिन विद्यार्थीहरुको आर्कषण बढदै गइरहेको बताँउदै बिद्यालयको भौतिक संरचनाको बिकाससंगै शैक्षिक गुणस्तर बृद्धिमा लाग्न विद्यालयलाई सुझाब दिनुभयो ।
विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि बिधार्थी ,शिक्षक र अभिभावकको त्रिकोणात्मक सामजस्यता हुने बताँउदै विद्यालयको गुणस्तर र प्रतिष्पर्धी शैक्षिक बिकासमा लाग्न आग्रह गर्नुभयो ।  
बिद्यालयका प्रधानाध्यापक शशिकुमार थपलियाले निजी विद्यालयमा विद्यार्थीहरुको आर्कषण कम गराउन विद्यालयले बिभिन्न कार्यक्रमहरु गरिरहेको बताँउदै विद्यालयको भौतिक पुर्वाधार र पर्याप्त शैक्षिक सामग्रीहरुको अभावमा विद्यार्थीहरुले समस्या भोग्नुपरेको बताउनुभयो । 
प्रधानाध्यापक थपलियाले गत आर्थिक बर्षको आर्थिक प्रतिवेदन पेश गदै विद्यालयले गतबर्षमात्र  २करोड ८५पचासी लाख ६६हजार ८सय ३०रुपैया बराबरको आर्थिक कारोबार गरेको बताउनुभयो । 
बिद्यालयको ५९ औं स्थापना दिवस शिक्षक सम्मान तथा बिदाइ कार्यक्रम समेत गरिएको थियो । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष महेन्द्र बोगटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य अच्युत पाण्डे, ककनी गाउँपालिका उपाध्यक्ष सीता लामा खतिवडा , शिक्षा बिकास तथा समन्वय इकाइ नुवाकोटका प्रमुख अर्जुन बहादुर श्रेष्ठ, ककनी गाउँपालिका वाड न. ७ का वडा अध्यक्ष पुष्कर बोगटी, ककनी गा.पा. का शिक्षा प्रमुख केशब ज्ञवाली , श्रोत ब्यक्ति रबि प्रसाद थपलिया,नेपाली काङ्ग्रेस ककनी ७ का सभापति बद्री प्रसाद थपलिया लगाएतको उपस्थीती रहेको थियो । कार्यक्रममा बिभिन्न सांस्कृतीक प्रस्तुती समेत रहेको थियो
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video