शिक्षा /स्वास्थ्य
Feb 02, 2020
आमाको नागरिकता नहुँदा छोरी शिक्षा बिमा प्रभावित

काठमाण्डौं । माघ १९ ।  ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सञ्चालन गरेको प्रदेश २ सरकारले छोरी शिक्षा बिमा कार्यक्रमलाई निकै महत्वकांक्षी योजनाका रूपमा अगाडि सारेको छ । तर छोरी शिक्षा बिमाका लागि शिविर नै सञ्चालन गरिरहेको प्रदेश सरकारलाई आमाको नागरिकता नहुँदा समस्या पर्ने देखिएको छ ।

रामगोपालपुर–२, बसबिट्टीका ईशरत खातुनले आफूसँग नागरिकता नभएको र श्रीमान् वैदेशिक रोजगारी रहेकाले छोरीको शिक्षा बिमा हुन नसकेको बताइन् । आफूसँग विवाह दर्ता भए पनि बिमा हुन नसकेको भन्दै उनले सबै बालिकाको बिमा गराउन प्रदेश सरकारले उपाय सोच्नुपर्ने बताइन् । प्रदेश २ सरकारले गत २ माघबाट प्रदेशका आठवटै जिल्लामा ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बिमा शिविर सञ्चालनमा ल्याएको छ ।

महोत्तरीका विभिन्न ६ स्थानीय तहमा शिविर सम्पन्न भइसकेको छ भने अहिले सातौँ स्थानीय तहका रूपमा रामगोपालपुरमा शिविर सञ्चालन भइरहेको छ । आवश्यक कागजात नहुँदा दैनिक २० देखि ३० जना अभिभावक बिमा नगराई फर्कन बाध्य रहेको कार्यक्रमअन्तर्गतको सामाजिक सुरक्षा जिल्ला संयोजक काजल झाले बताइन् । बिमा हुन नसकेका अधिकांश बालिकाको बुबा वैदेशिक रोजगारीमा रहेको र आमाको नागरिकता नरहेको उनको भनाइ छ ।

झाले आशा गरेअनुसार छोरी शिक्षा बिमा गराउन आउनेको संख्या नभएको भन्दै प्रचार–प्रसारको अभाव र जनप्रतिनिधिले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको गुनासो गरिन् । उनले शिविर सञ्चालन भएयता जलेश्वर नगरपालिकामा दुई सय २१, मटिहानी नगरपालिकामा एक सय ७३, एकडारा गाउँपालिकामा एक सय २३, मनरा सिस्वा नगरपालिकामा एक सय २८, महोत्तरी गाउँपालिकामा एक सय ४० र पिपरा गाउँपालिकामा ६१ छोरीको बिमा भइसकेको जानकारी दिइन् । त्यस्तै रामगोपालपुरमा एक सय २२ छोरीको बिमा भइसकेको छ ।
nayapatrikadaily
 



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video