खाद्यान्न सुरक्षित गरेर भान्सा प्रवेश गराउँदा कोरोनाको सङ्क्रमणको जोखिम कम हुने  |  आज मिति २०७६ चैत्र २६ गते बुधबार,२०२० मार्च ८ तारिख हेरौं आजको राशिफल  |  ‘अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’: सर्बोच्च अदालत  |  भारतबाट १७३ मालबाहक गाडी भित्रिए  |  एतिहाँसीक नुवाकोटको सिन्दूरे जात्रा स्थगित  |  पसलमा भीड हुन थालेपछि ‘लकडाउन’ कडा  |  नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी  |  काठमाण्डौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ५४५ सवारी नियन्त्रणमा  |  विद्यालयमा क्वारेन्टाइन सञ्चालनका लागि १२ बुँदे आचारसंहिता,के के छ आचारसंहितामा ?  |  राष्ट्रिय शैक्षिक परामर्श संघद्धारा बिदेशमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्न एक्सन टिम गठन
अर्थतन्त्र/सेयरबजार
Feb 02, 2020
भारतको तुलनामा नेपालीलाई तेब्बर आयकर
काठमाण्डौं । माघ १९ । छिमेकी मुलुक भारतको तुलनामा नेपालीहरुले तिनगुणा बढी आयकर बुझाँउदै आएको खुलासा भएको छ । 
भारतमा ५ लाख भारु (८ लाख नेपाली रुपैयाँबराबर) आम्दानी गर्नेले कुनै कर तिर्नुपर्दैन । त्यस्तै ५ लाख भारु (८ लाख नेरुबराबर) देखि साढे ७ लाख भारुसम्म आम्दानी गर्नेलाई करको दर आधा कटौती गरिएको छ । अहिले ५–७.५ लाख आम्दानीमा २० प्रतिशत आयकर लाग्दै आएकोमा आगामी आर्थिक वर्षदेखि १० प्रतिशत मात्रै लाग्ने भएको छ । त्यस्तै, साढे ७ लाखदेखि १० लाख भारुसम्म आम्दानी गर्नेलाई २० प्रतिशत नै करको व्यवस्था घटाएर १५ प्रतिशत गरिएको छ ।
त्यस्तै, १० देखि साढे १२ लाख आम्दानी गर्नेलाई हाल ३० प्रतिशत कर लाग्दै आएकोमा घटाएर २० प्रतिशत बनाइएको छ । साढे १२ देखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्नेले पनि हाल ३० प्रतिशत नै आयकर तिर्नुपर्नेमा त्यसलाई घटाएर २५ प्रतिशतमा झारिएको छ । १५ लाख भारुभन्दा बढी आम्दानी गर्नेलाई भने ३० प्रतिशत करको दरमा कुनै परिवर्तन गरिएको छैन।
यता नेपालमा भने व्यक्तिगत आयकरको दर निकै उच्च छ । त्यस्तै, कर तिर्नुनपर्ने सीमा पनि कम छ । नेपालमा अविवाहित व्यक्तिले ४ लाख रुपैयाँसम्म र विवाहितले साढे ४ लाखसम्म १ प्रतिशत सामाजिक सुरक्षा कर तिर्नुुपर्छ । त्यस्तै, त्यसमाथि १ लाखमा १० प्रतिशत, थप २ लाखमा २० प्रतिशत, थप १३ लाख (विवाहितलाई साढे १२ लाख) मा ३० प्रतिशत र २० लाखभन्दा बढी कर तिर्नुपर्ने आय भएमा ३६ प्रतिशत आयकर तिर्नुपर्छ । भारतमा कर नै तिर्नु नपर्ने ५ लाख भारु (८ लाख नेरु) मा नेपालमा भने १, १०, २० र ३० प्रतिशतसम्मका दरले ४ स्ल्याबमा कर तिर्नुपर्छ । ८ लाखदेखि १२ लाख नेपाली रुपैयाँबराबर आम्दानी गर्नेले भारतमा १० प्रतिशत मात्रै आयकर तिरे पुग्ने भएको छ भने नेपालमा ३० प्रतिशत तिर्नुपर्छ । भारतमा विगतदेखि नै उच्चतम करको दर ३० प्रतिशत छ, तर नेपालमा भने ३६ प्रतिशतसम्म छ ।
यसै बिच भारतीय अर्थमन्त्री निर्मला सीतारमणले व्यक्तिगत आयकरको दरमा ठूलो कटौती गरेकी छिन । १ अप्रिलबाट सुरु हुने आगामी आर्थिक वर्ष २०२०–२१ को बजेटमार्फत अर्थमन्त्री सीतारमणले मध्यमवर्गलाई ठूलो राहत हुने गरी आयकरका दरमा परिमार्जन गरेकी हुन। 
 
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video