एक साताभित्रै ल्याब मेशिन र दक्ष जनशक्तिको व्यवस्थापन हुन्छ : स्वास्थ्य राज्यमन्त्री रावत  |  कोरोना भाइरसबारे जथाभावी नबोल्न मन्त्रालयको आग्रह  |  गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ : प्रवक्ता डा खतिवडा  |  सरकारलाई सर्वोच्चको आदेश : विपन्नलाई खाद्य व्यवस्था गर्नू  |  औषधि खरीदमा कुनै अनियमिता भएको छैन : स्वास्थ्यमन्त्री  |  गण्डकी प्रदेश सरकारले निःशुल्क राहत प्याकेज ल्याउने  |  कोभिड–१९ः कारागारबाट १६९ कैदी मुक्त  |  पुनर्कर्जा कोषको सीमा बढ्यो, कोरोना प्रभाव कम गर्न केन्द्रीय बैंकले ल्यायो यस्तो सुविधा  |  पशुपतिमा बेखर्चीलाई निःशुल्क शवदाह सेवा  |  आइसोलेशनमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट ‘नेगेटिभ’
राजनीति
Feb 04, 2020
१४ औंँ महाधिवेशनले पार्टी विवाद समाधान गर्छ : नेता सिंह
काठमाडौँ, माघ  २१  नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीभित्रको उत्पन्न विवाद समाधानका लागि तोकिएको समयमा १४औँ महाधिवेशन सम्पन्न गर्न जरुरी रहेको बताउनुभएको छ । पार्टी नेतृत्वले विधानलाई पाखालगाई आफूखुशी गरेकाले सङ्गठनभित्र विवाद देखिएको बताउँदै उहाँले विधानअनुसार महाधिवेशन सम्पन्न गर्न सकिए पार्टीभित्रको गुट समाप्त हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले केन्द्रीय कमिटीले सार्वजनिक गरेको कार्यतालिकालाई पूर्ण रुपमा पालना गरी शान्तिपूर्ण तथा भयरहित वातावरणमा १४औँ महाधिवेशन सम्पन्न गर्नुको विकल्प नभएको प्रस्ट पार्नुभयो । काँग्रेसभित्र विवादबारे बाहिर सञ्चार माध्यममा आएको समाचारजस्तो सही नभएको प्रस्ट्याउँदै उहाँले पार्टीलाई कमजोर पार्न गलत समाचार सम्प्रेशन भइरहेको बताउनुभयो । नेता सिंहले सरकारले विनियोजन गरेको विकास बजेट खर्च गर्न नसक्नु सरकारको असफलता रहेको आरोप लगाउनुभयो । युनियनका जिल्ला उपाध्यक्ष विजय चौहानको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयनारायण थानी, केन्द्रीय सदस्य रामकृष्ण यादव, पूर्वमन्त्री सुरेन्द्र चौधरी लगायत उपस्थिति थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video