समाज
Feb 04, 2020
सखुवानन्कारकट्टी गाउँपालिकामा दोस्रो झन्डा महोत्सव हुने
राजेन्द्र महतो
लहान  माघ २१ गते।"कला संस्कृति हाम्रो स्वभिमान , समृद सखुवानन्कारकट्टी हाम्रो  पहिचान " को   नारा सहित सिरहाको सखुवानन्कारकट्टी गाउँ पालिका ले दोस्रो सखुवानन्कारकट्टी झन्डा  महोत्सव  मेला २०७६  आयोजना   गर्ने  भएको छ।
सखुवानन्कारकट्टी गाउँ  पालिका ले आज मंगल बार  एक पत्रकार  समेलन्न  गर्दै सखुवानन्कारकट्टी गाउपालिका -५ महेश्बारी ( थाना चौक ) मा माघ २३ गते देखि  फाल्गुन  ०३ गते सम्म  उक्त  झन्डा  महोत्सव  मेलाको आयोजना रहने   बताएका छन।
 माघ २३ गते देखि  शुरु  हुने  सो  झन्डा  महोत्सव   २०७६ को  उदघाटन नेपाल कम्युनिस्ट पार्टी ( ने क पा) अध्यक्ष तथा पुर्व प्रधान मन्त्री पुष्प  कमल दहाल ( प्रचण्ड ) ले  गर्ने   गाउँ  पालिका अध्यक्ष  केदारनाथ यादव ले पत्रकार  सम्मेलन  मा बताएका छन।
अध्यक्ष  यादव ले स्थानीय भेष भुषा तथा  संस्कृति झल्किने गरि महोत्सव को उदघाटन माघ २३ गते बिहान  ८ बजे हजारौं को सख्यामा किशोरी , महिला तथा  आमा समूह हरुको सहभागितामा कलश यात्रा को आयोजना  गरिने बताएका छन।
१० दिन सम्म चलने झन्डा महोत्सव मा विभिन्न कृषि औजार  तथा उपकरण हरु, विभिन्न उपभोगय समानहरु , लत्ताकपडा , घरायसी  तथा दैनिक प्रयोजन का बिबिध सामग्री हरुको प्रदर्सनीका साथै स्थानीय कला  र संस्कृति झल्किने किसिमको मनोरञ्जनात्मक   संस्कृतिक कार्यक्रम  आयोजना  गरिने अध्यक्ष  यादव ले पत्रकार  सम्मेलन  मा बताएका छन। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video