अपांगता/अल्पसंख्यक
Jun 12, 2017
स्वरोजगारमूलक व्यवसायका लागि अपांगता भएका व्यक्तिलाई विउ पूँजी वितरण
काठमाडौं । नेपाल नेत्रहीन संघले आफ्नो रजत महोत्सवको अवसर पारेर शुरु गरेको दृष्टिविहीन स्वरोजगार कोशेढुंगा कार्यक्रम अन्तर्गत एक्काईस जना दृष्टिविहीन तथा अल्पदृष्टियुक्त व्यक्तिहरुले व्यवसाय संचालनका लागि विउ पूँजी रकम प्राप्त गरेका छन् । मिति २०७४ जेठ २९ गते नेपाल नेत्रहीन संघको केन्द्रीय कार्यालय, सुकेधारा, काठमाण्डौमा आयोजित कार्यक्रममा नेपाल सरकार महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अपाङ्ग अधिकार प्रवर्धन शाखाका अधिकृत श्री निमराज भट्टराईले छनौटमा परेका दृष्टिविहीनहरुलाई उक्त रकम प्रदान गर्नु भयो ।
संघले नेपाल सरकारको सहयोगमा यस बर्षबाट स्वरोजगारमूलक व्यवसाय गर्न चाहने दृष्टिविहीनहरुलाई टेवा स्वरुप परियोजनाको आधारमा बढिमा दश हजारसम्मको विउ पूँजी उपलब्ध गराउने कार्यक्रम शुरु गरेको हो । यस वर्ष नाङ्गलो पसल, प्लाष्टिकजन्य हस्तकला, कपडा पसल, कुखुरा पालन, संगीत तालिम केन्द्र, वाद्यवादन, पानीपुरी चटपटे, अगरबत्ति, बाँसको मुढा तथा ¥याक आदि विभिन्न व्यवसाय संचालनका लागि परियोजनाका आधारमा २१ जनालाई उक्त रकम प्रदान गरिएको र आगामी वर्षहरुमा पनि सो कार्यक्रमले निरन्तरता पाउने संघले जनाएको छ ।  

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video