उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय  |  तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत  |  कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइने  |  लकडाउनका कारण भोकभोकै मर्न थाले गाईबस्तु  |  तीन महिनापछि खुल्यो तातोपानी नाका  |  सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन
शिक्षा /स्वास्थ्य
Feb 07, 2020
मौसमी भाइरल ज्वारोबाट सिङ्गो गाउँ नै प्रभावित
बेत्रावती, माघ २४  ।  बेलकोटगढी नगरपालिका–११ को उपल्लो तिगाउँमा मौसमी भाइरलको कारण गाउँनै प्रभावित भएको छ । पछिल्लो तीन दिनदेखि देखिएको मौसमी भाइरलको कारण गाउँको प्रत्येक घरका सदस्य बिरामी देखिएको वडाध्यक्ष रामहरि पाण्डेले जानकारी दिनुभयो । उहाँको अनुसार बिरामी भएकामध्ये बिहीबारदेखि बेलकोट स्वास्थ्यचौकीबाट गएको अनमी उषा सिंह र कमला पाण्डेसहितको टोलीले उपचार शुरु गरेको छ । अहिलेसम्म ५४ को उपचार गरिएको छ । करिब ५० घरधुरी रहेको उक्त गाउँका बासिन्दालाई उच्च ज्वरो, रुघाखोकी, रक्तचाप भएका बिरामी प्रत्येक घरमा पाइएको उपचारमा संलग्न अनमी पाण्डेले जानकारी दिनुभयो । तामाङ समुदायको बाहुल्यता रहेको उक्त गाउँका बासिन्दा बिरामी हुनुका कारण दूषित खानेपानी भएको हुनसक्ने अनुमान गरिएको छ । जनचेतनाको कमीका कारण उनीहरुको उपचारसहित स्वच्छ पानी पिउन अपिल गरिएको छ भने रोग फैलन नदिन आफूहरु सक्रिय भएर लागिरहेको वडाध्यक्ष पाण्डेले जानकारी दिनुभयो । गत सोमबारदेखि फैलन शुरु भएको ज्वरोको कारण गाउँनै प्रभावित भएको जानकारी स्थानीय कमलबहादुर तामाङले वडाध्यक्षलाई जानकारी गराएपछि नगर प्रमुख राजेन्द्ररमण खनाल र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालसँगको समन्वयमा स्वास्थ्यकर्मी र औषधिसहितको टोली लिएर वडाध्यक्ष पाण्डेले घरघरमै पुगेर बिरामीको उपचार अघि बढाउनुभएको हो । बिरामी हुनेमा वृद्धवृद्धा र बालबालिका बढी छन् । उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचार गराउँदै आएको स्वास्थ्यचौकीका अनमी कमला पाण्डेले जानकारी दिनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video