एक साताभित्रै ल्याब मेशिन र दक्ष जनशक्तिको व्यवस्थापन हुन्छ : स्वास्थ्य राज्यमन्त्री रावत  |  कोरोना भाइरसबारे जथाभावी नबोल्न मन्त्रालयको आग्रह  |  गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ : प्रवक्ता डा खतिवडा  |  सरकारलाई सर्वोच्चको आदेश : विपन्नलाई खाद्य व्यवस्था गर्नू  |  औषधि खरीदमा कुनै अनियमिता भएको छैन : स्वास्थ्यमन्त्री  |  गण्डकी प्रदेश सरकारले निःशुल्क राहत प्याकेज ल्याउने  |  कोभिड–१९ः कारागारबाट १६९ कैदी मुक्त  |  पुनर्कर्जा कोषको सीमा बढ्यो, कोरोना प्रभाव कम गर्न केन्द्रीय बैंकले ल्यायो यस्तो सुविधा  |  पशुपतिमा बेखर्चीलाई निःशुल्क शवदाह सेवा  |  आइसोलेशनमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट ‘नेगेटिभ’
राजनीति
Feb 09, 2020
समानताको सिद्धान्तविपरीत राज्य जान लाग्यो : नेता पौडेल
चितवन, माघ २६ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समानताको सिद्धान्तविपरीत राज्य जान लागेको बताउनुभएको छ । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले सरकार नागरिक सबै बराबर हुन भन्ने उद्देश्यले अघि बढ्नुपर्नेमा पक्षपाती भएको टिप्पणी गर्नुभयो । नेता पौडेलले प्रदेश सरकारले गरेको निर्णय माथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गर्न नपाउने गरी गलत मनसायबाट विधेयक ल्याउन लागेको बताउनुभयो । यसले लोकतन्त्रलाई कमजोर बनाउने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “लोकतन्त्रको सट्टा धनतन्त्रतर्फ देशलाई लान खोजियो ।” फरक प्रसङ्गमा उहाँले पार्टीभित्र वैचारिक द्वन्द्व भए पनि अहिले केही हदसम्म समाधान भएको बताउनुभयो । आफू पार्टीभित्र विकृतिको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “पार्टीभित्र धेरै ठाउँमा विकृति विसङ्गति रहेको छ । त्यसको अन्त्य हुनुपर्छ ।” राजनीतिलाई सम्मानको क्षेत्र बनाउनुपर्ने भन्दै उहाँले सुशासन, पारदर्शीता र विकृतिरहित बनाउन आवश्यक रहेको बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video