प्रमुख समाचार
Feb 10, 2020
वैदेशिक रोजगारमा ठगी गर्ने कार्की पक्राउ
काठमाडौँ, माघ २७ वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखको टोलीले सोलुखुम्बु घर भई भक्तपुर लोकन्थली बस्ने बालकृष्ण कार्कीलाई पक्राउ गरेको हो । उनले कतार, माल्दिभ्सलगायतका देशमा पठाई दिन्छु भनी प्रलोभनमा पारेर रु आठ लाख लिएको खुल्न आएको छ । पैसा लिएर फरार भएका उनलाई पीडितको जाहेरीकोे आधारमा पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो । भक्तपुरबाट पक्राउ परेका उनलाई थप कारवाहीका लागि आज महानगरीय प्रहरी परिसर काठमाडौँ बुझाइएको महाशाखाले जनाएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video