राजनीति
Feb 10, 2020
अख्तियारको निर्णय विरुद्ध पर्सामा ने.बि संघको मसाल जुलुस
माघ २७  । नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ को आयोजनामा पर्साको बिरगंजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  निर्णयको विरुद्धमा मसाल जुलुस र बिरोध प्रदर्शन भएको छ।
ठाकुरराम बहुमुखी क्याम्पस बाट निकालिएको मसाल जुलुस घन्टाघर सम्म पुगेको थियो । प्रहरीको हस्तक्षेप बाबजुद पनि नेपाल विद्यार्थी संघको जुलुस घन्टाघर सम्म पुगेको थियो ।

बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा सरकारले नेकपाका नेतालाई उन्मुक्ति दिएको र अख्तियार लगाएर अन्यलाई राजनीतिक प्रतिशोधका आधारमा बदनियतपूर्ण मुद्दा लगाई फसाएको भन्दै विरोध स्वरुप संघले वीरगन्जमा मसाल जुलुस प्रदर्शन गरेको हो ।

मसाल जुलुसलाई नियन्त्रणमा लिन पर्सा प्रहरीलाई हम्मे परेको थियो । नेवि संघले अख्तियार तथा सरकार विरुद्ध नगरको पानमंडी, माईस्थान, महाविर स्थान, गोश्वारा रोड लगायतको विभिन्न ठाउँबाट एकसाथ मसाल जुलुस निकालेको पुर्व केन्द्रिय सदस्य ब्रदी नारायण तिवारीले जानकारी दिएका छन् ।

 विरोधको क्रममा नेपाली काँग्रेसका नेता राजु गुप्ता, प्रवेश सर्राफ, बच्चा सर्राफ, नेवि केस ब्रदी नारायण तिवारी, नेवि संघ जिल्ला उपाध्यक्ष विकेश पटेल, नेवि संघ महानगरपालिका अध्यक्ष विवेक कलवार, ठाराब नेता अब्दुल कयुम, प्रकाश रौनियार, समिर अंसारी, सरोज अंसारी लगायत सहभागिता थिए ।
अख्यितारले ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर, कांग्रेसले तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिएर मन्त्रिपरिषद सदस्यविरुद्ध मुद्दा दर्ता गरिएको भन्दै संसददेखि सडकसम्म बिरोध प्रदर्शन गरेको छ ।  
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video