धुलिखेल अस्पताल क्षेत्र सिल  |  प्रधानमन्त्री ओली र प्रचण्ड बिच भेटवाता, कस्तो रह्यो भेट ?  |  ज्यानमार्ने उद्योगमा पक्राउ परेकालाई छुटाईदिन्छु भनि रकम लिने नुवाकोट शिवपुरीका युवक पक्राउ  |  नेपालमा कोरोनाको सङ्क्रमणसँगै मृत्युको ग्राफ बढ्दो, सर्तकता अपनाइएन भने ठुलो क्षती व्यहोर्नुपर्ने  |  सवारी दुर्घटनामा दुईको मृत्यु  |  हिजो मुल्यमा भारी गिरावट आएको सुन आज फेरी बढयो, कति पुग्यो आज तोलाको ?  |  घुस लिने प्रहरी निलम्बितः नलिने पुरस्कृत  |  सिन्धुपाल्चोकको बाढीपहिरा पीडितलाई चीनको सहयोग  |  कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं
पर्यटन /बिबिध समाचार
Feb 11, 2020
शहीद स्मारक लिग : मछिन्द्र लिगको शीर्ष स्थानमा
काठमाडौँ,  माघ २८ ।  मछिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको तेस्रो खेलमा मछिन्द्रले सङ्कटा क्लबलाई ३–१ गोलले हराउँदै शीर्ष स्थानमा उक्लेको हो । मछिन्द्रको जितमा देवेन्द्र तामाङ, विशाल राई र दीपक राईले गोल गर्नुभयो । सङ्कटाका लागि विदेशी खेलाडी मेसोउकेले सान्त्वना गोल गर्नुभयो । पहिलो हाफमा मछिन्द्रले एउटा मात्र गोल गरेको थियो । उक्त गोल खेलको ४४औँ मिनेटमा देवेन्द्रले गर्नुभएको हो । मध्यान्तरपछिको खेलमा मछिन्द्रले थप दुई गोल ग¥यो । मछिन्द्रका लागि खेलको ६४औँ मिनेटमा विशालले फ्रिकिकमार्फत गोल गर्नुभएको हो । खेलको ८२औँ मिनेटमा दीपकले मछिन्द्रका लागि तेस्रो गोल गर्नुभयो । खेलको ८९औँ मिनेटमा सङ्कटाका लागि मसोउकीले गोल गर्नुभएको थियो । खेलको म्यान अफ दी म्याच मछिन्द्रका देवेन्द्र घोषित हुनुभयो । जितसँगै मछिन्द्रले १२ खेलबाट २८ अङ्क जोडको छ । सङ्कटा १२ खेलमा १५ अङ्कका साथ लिगको सातौँ स्थानमा छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video