विपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत : मुख्यमन्त्री राई  |  नेपाल–भारत सीमा क्षेत्रमा खटिएका एक सय ३४ सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखियो  |  खाद्य व्यवस्था कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो  |  आज मिति २०७६ चैत्र २७ गते विहिबार,तदनुसार २०२० अप्रिल ९ तारिख हेरौं आजको राशिफल  |  गाडीबाट कोरोना फैलिने त्रास  |  आइतबारदेखि भरी ग्यास सिलिण्डर किन्न पाइने  |  पुर्नबिमा कम्पनीको सेयर बाँडफाँड, १ लाख ९१ हजार बढीले मागे जति सेयर पाए, यि हुन भाग्यमानी लगानीकर्ता  |  ३३ जना कैदीबन्दी रिहा  |  हरियो तरकारीसँगै कोरोना भाइरस भित्रिने त्रास  |  कोरोनाको अफवाह फैलाउने पक्राउ
प्रमुख समाचार
Feb 11, 2020
मेचीनगर र बेलायतको फक्सटनबीच गाँसियो मितेरी सम्बन्ध
भद्रपुर,  माघ २८ मेचीनगर नगरपालिका र बेलायतको फक्सटन टाउन काउन्सिलबीच सोमबार मितेरी सम्बन्ध गाँसिएको छ । मेचीनगरका प्रमुख विमल आचार्य र फक्सटनका तर्फबाट मेयर जेकी मेडले मितेरी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । मितेरी सम्झौतामा हस्ताक्षर गर्न बेलायतबाट मेयर जेकी मेडको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल आइतबार झापा आइपुगेको थियो । टोलीमा मितेरी सम्झौता गर्न फक्सटन काउन्सिलद्वारा गठित समितिका सेक्रेटरी नील जोन, फक्सटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं गोर्खा फाउन्डेसन बेलायतका दाता रे जोन्सन र फक्सटनका पूर्व काउन्सिलर एवं गोर्खा फाउन्डेसन बेलायतका अध्यक्ष धनकिरण गुरुङ हुनुहुन्छ । सो अवसरमा फक्सटन टाउन काउन्सिलका मेयर मेडले मेचीनगर आउँदा आफूलाई गोर्खाहरुको शहरबाट गोर्खालीको घर आएको अनुभूति भएको बताउनुभयो । मेचीनगरका प्रमुख आचार्यले मितेरी साइनो गाँसिएपछि फक्सटनसँग विकासमा साझेदारी हुने विश्वास व्यक्त गर्नुभयो । मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले बेलायतको दक्षिणी नगर फक्सटन र नेपालको दक्षिणपूर्वी शहर मेचीनगर दुबैको भौगोलिक अवस्था उस्तैउस्तै रहेको बताउनुभयो । मितेरी सम्बन्ध गाँस्न सूत्राधारको भूमिकामा रहेका मेचीनगरबासी एवं फक्सटनका पूर्व काउन्सिलर गुरुङले लामो कसरतपछि छ हजार माइल टाढाको फक्सटनसँग मितेरी गाँसिएको बताउनुभयो । मेचीनगर र बेलायतको फक्सटन नगरबीच मितेरी सम्बन्ध स्थापनाका लागि संविधानसभा सदस्य रबिन कोइराला र हाल बेलायतमा रहेका पूर्व काउन्सिलर गुरुङको योगदानलाई विशेष स्मरण गरिएको छ । विसं २०५३ मा मेचीनगर नगरपालिकाको प्रथम नगरप्रमुख रहेका बेला रबिन कोइरालाले नै फक्सटन नगरलाई मितेरी सम्बन्धको पहिलो प्रस्ताव गरेको र सो प्रस्ताव आफूले बोकेर बेलायत पुर्याएको पूर्व काउन्सिलर गुरुङ बताउनुहुन्छ । तत्कालीन नगरप्रमुख कोइरालाका अनुसार सन् २००६ नोभेम्बर १८ मा गुरुङमार्फत फक्सटनलाई प्रस्ताव पठाइएको थियो । दुई वर्षपछि सन् २००८ अप्रिलमा फक्सटनले मेचीनगरको प्रस्वात स्वीकार गरेको पत्र पठाएको थियो । विसं २०६४ कात्तिक २१ गते शहरी विकास मन्त्रालयले मितेरी सम्बन्ध गाँस्न स्वीकृति प्रदान गरेको थियो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video