कृषि/प्रविधि
Jun 20, 2017
शिवपुरी ७ बुढीसेरामा भिटोफ नेपालले सातौं रोपाईं महोत्सव गदै
 काठमाडौं । गाउँ पर्यटन प्रबद्र्धन मञ्च भिटोफ नेपालले यो वर्षको रोपाईं महोत्सव साताव्यापी रुपमा मनाउने भएको छ । हरेक वर्ष १५ असारको दिन पारेर रोपाईं महोत्सवको आयोजना गर्ने गरेको भिटोफले यो वर्ष साताव्यापी प्याकेजको रुपमा महोत्सव मनाउन लागेको हो । भिटोफ नेपालले सातौं रोपाईं महोत्सव नुवाकोटको शिवपुरी गाउँपालिका अन्तर्गत बुढीशेरामा रोपाईं महोत्सव गर्ने भिटोफका सञ्चार संयोजक दिपक दाहालले जानकारी दिए । दाहालका अनुसार आगामी असार १५ गते अर्थात जुन २९ तारिखका दिन एक विशेष कार्यक्रमको आयोजना गरि महोत्सव गर्न लागिएको हो । रोपाईं महोत्सवले नेपालको आन्तरिक पर्यटनमा महत्वपूर्ण भुमिका खेल्ने भिटोफका अध्यक्ष कमल सापकोटाले बताए । 
महोत्सवले पर्यटन व्यवसायी, पर्यटक र स्थानीयवासी सबैलाई फाइदा पुग्ने उनको विश्वास छ ।  महोत्सवमा साँस्कृतिक कार्यक्रमसहित रोपाईं गर्ने, हिलो खेल्ने, दहीचिउरा खाने तथा बुढीशेरा अवलोकन गर्ने कार्यक्रम समेत रहेकाले ग्रामिण उत्पादन र उत्पादकले प्रोत्साहन पाउने भिटोफका महासचिव वासु पाण्डेले जानकारी दिए । महोत्सवका संयोजक कार्यसमिति सदस्य हरिचन्द्र गैरेले सँस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्न रोपाईं महोत्सवमा सहभागिताका लागि आह्वान गरेका छन् ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video