प्रमुख समाचार
Feb 12, 2020
पोखरामा नेपाल–अमेरिका संयुक्त लगानीबारे छलफल
 चिप्लेढुङ्गा, माघ २९ गण्डकी प्रदेशमा लगानीका सम्भावना खोज्न अमेरिकाको एक टोली पोखरा आएको छ । अमेरिकाको वासिङ्टनमा स्थापना भएको नेपाल विकास सङ्घ (नेपाल डेभलपमेन्ट कन्सोर्टियम) को टोलीले नेपाल र अमेरिकाबीच लगानी र व्यापारका सम्भावनाबारे मङ्गलबार पोखराका उद्योगी–व्यवसायीसँग अन्तरक्रिया गरेको छ । पोखरा उद्योग वाणिज्य सङ्घ तथा नेपाल विकास सङ्घको संयुक्त आयोजनामा भएको अन्तरक्रियामा नेपाल विकास सङ्घका संस्थापक सदस्य देवदत्त दासले संयुक्त लगानीका लागि तयार रहन र सम्भावनाका क्षेत्र पहिचान गर्न पोखराका उद्योगी–व्यवसायीसँग आग्रह गर्नुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको केही समयअघि भएको वासिङ्टन भ्रमण र उहाँको निम्तोमा त्यहाँका गभर्नर नेपाल आउन लागेको जानकारी दिँदै उहाँले सो अवसरमा विभिन्न क्षेत्रमा लगानीको सम्झौता हुनसक्ने बताउनुभएको हो । “गण्डकी प्रदेशका मुख्यमन्त्रीसँग राम्रो योजना छ, यहाँ क्यान्सर अस्पताल, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी गर्न सकिने सम्भावना छ”, उहाँले भन्नुभयो, “सियाटलमा साना हिमाल छन्, त्यहाँ प्रशस्त स्किरिसोर्ट खोलिएका छन्, यहाँको मनाङ र मुस्ताङमा पनि त्यो सम्भावना छ ।” कार्यक्रममा सो संस्थाका अर्का संस्थापक सदस्य मूर्ति कालकोराले व्यवसाय सफल हुन उत्पादनको अनुपात, योजना, योग्य कामदारको छनोट, व्यवस्थापन र आफ्नो उत्पादनसँग त्यहाँको संस्कृतिबारे जानकार हुनुपर्ने बताउनुभयो । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दामु अधिकारीले वासिङ्टनका गभर्नरको भ्रमणको बेला आउने लगानीकर्तासँग सहकार्य गर्न आफूहरु तयार रहेको बताउनुभयो । उहाँले द्विपक्षीय लगानीले नेपाली उद्योगी–व्यवसायीले सञ्चालन गर्ने उद्योग–व्यवसायको दायरा बढ्ने विश्वास व्यक्त गर्नुभयो । सङ्घका उद्योग उपाध्यक्ष विन्दु कोइराला सुवेदीले नेपालमा धेरै सम्भावना भएको बताउँदै पूँजी र प्रविधि भित्र्याउन


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video