धर्म/संस्कृति
Feb 13, 2020
आज मिति २०७६ फागुन १ गते विहिबार, तपाँईको आज कस्तो रहने छ ? हेरौ राशिफल
ज्यो. पं ओजराज उपाध्याय लोहनी । काठमाण्डौं । फागुन १।विक्रम संवत २०७६ साल फाल्गुन १ गते बृहस्पतिबार तदनुसार २०२० फरवरि १३ तारिख फाल्गुन कृष्ण पक्ष पन्चमी तिथि राति २ । १६ सम्म उप्रान्त षष्ठी तिथि हस्ता नक्षत्र दिउसो २ । ३२ उप्रान्त चित्रा नक्षत्र शुक्ल योग राति १ । १५ उप्रान्त ब्रह्म योग कौलव करण आनन्दादि योगमा राक्षस योग चन्द्रमा कन्या रासिमा राति १ । ४३ उप्रान्त तुला रासिमा शुभ बेला विहान ८। १५ सम्म आज चन्द्रमा दक्षण दिशामा रहेकोले आज काम गर्दा पूर्ब फर्केर यत्रा पूर्ब र दक्षणको भएमा सिधै अन्य भएमा केहि पूर्ब गएर गर्नु बेश गत केहि सयम देखि अवस्था देशको लागि प्रतिकूल भैरहेकोले आफ्नु काम देशर जनताको हितकोलागी ई ३ मन्त्र पढनुहोला । ॐ नमः शिवाय मृत्युन्जय महाँदेवाय नमोऽस्तुते ॐ नमः शिवाय रुद्रात्मकय हुँ फट ।। ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हशकल ह्रीं वरवरद शकल ह्रीं सर्बजनं मां वशमानाय स्वाहाः ।। मुख्य सम्पती भनेकै देश र जनताहो त्यस्को सूरक्षा भएन भने आफु अरुक्षित भइन्छ
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपरीश्रम गरेर अघि बढदा पनि सफलता हात पर्नेछैन धन शत्रुले काममा अवरोध सिर्जना गर्नेछन स्वास्थमा नराम्रो देखीएकोले अलि सजग हुनुहोला धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ । परोस्थितिवश सामान्य काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अवसरवादीहरूले फसाउन सक्छन्। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। तापनि, मिहिनेतले काम बनाउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा उठाउन सकिनेछ। पछिका लागि उपलब्धिको स्रोत पनि पहिल्याउन सकिनेछ। यसका लागि गोपनीयतामा भने ध्यान पुर्याउनुहोला। 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusउच्च विचारले ठूलाव्यक्ति सङ्गको सम्वन्धलाइ शन्तुष्ठिमा रुपान्तरीत गर्नेछ समयमा सहि निर्णय हुदा काममा सुधार आउने भयकोले सकृय हुनुहोला घरमा अतिथीको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । भूमिबाट लाभ रहला । निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiनजिक भएका मित्रहरुले अप्ठ्यारोमा साथ दिने र परिवारबाट धेरै सहयोगर मिल्नेछ मनोवल बढ्नेछ । बोलिको कारण अरुलाइ हात लिन सकिनेछ शत्रु परायज हुनेछन शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तर, अरूको विश्वासमा पर्दा अन्त्यमा धोका हुन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerपरिस्थिति अलि सन्देहपूर्ण रहला। सरिरमा स्फुर्तिबढनेछ सानै प्रयासले पनि ठूलो काममा सफलता मिल्नेछ नयाँ काम पाउने बलियो सम्भावनाछ तपाइको लगन सिलता र इमान्दारीताको सम्मान हुनेछ आज शुभारम्भको चर्चा चल्नेछ । आँको काम पुरा हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ ।
चिताएका काममा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। ईर्ष्या गर्नेहरूले सताए पनि अन्त्यमा परिस्थितिले आफ्नै पक्ष लिनेछ। प्रतिस्पर्धीहरूले केही दु:ख दिनेछन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। 
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoमुख्मा शुभ शब्दले बास गरेकोले भेट घाटमा प्रसन्नता बढने भएकोले भेट घाटमा सकृय हुन राम्रो हुनेछ घरेलु अवस्था ठिक भएकोले आफन्त हरुको साथ रहेर काम गर्नुपर्ला भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।  अवसर प्राप्त भए पनि परिस्थितिवश काममा अलमल हुन सक्छ। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। दोहोर्याएर प्रयास गर्दा पहिले रोकिएका काम सम्पादन हुनेछन्। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoभोजमा संलग्न भएर रमाइला कुरा हरु गर्न पाइनेछ मनमा प्रसन्नता बढनेछ ठूला व्यक्ति सङ्ग सम्वाधमा खर्च भएपनि लगानी उचित कार्यमा लाग्ने भएकोले परिणाम फलदाइ हुनेछ लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । अवसर आए पनि बेसुरको निर्णयले समस्या निम्त्याउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन्। दोहोर्याएर प्रयास गर्दा काम बन्नेछ। बिछोडिएका आफन्तसँग भेटघाटको अवसर जुट्नेछ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआफन्त हरुकालागि विवाद र खर्च गर्दापनी तिब्र आलोचना भयर मनलाइ कम्जोर बनाउनेछ कुरा कटने हरु निकै सकृय हुनेछन संयम हुनुहोला आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । सहकर्मीबाट विरोधपनि आउला । छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। पहिलेका चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने वैदेशिक क्षेत्रबाट लाभ मिल्न सक्छ। 
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioआमदानिका श्रोत हरु धेरैजुटनेछन सम्मानले हर्षर उमङ्ग बढाउनेछ भाग्यले साथ दिने भयकोले व्यापार र बैदेशिक कार्यमा लाभ मिल्नेछ महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योगछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । उठ्नुपर्ने रकम हातलागी हुनाले आम्दानी बढ्नेछ। अचल सम्पत्तिको उपयोगबाट लाभ हुनेछ। व्यापार–व्यवसायमा फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। दिगो फाइदाका लागि लगानी बढाउन पनि सकिनेछ। तर फाइदाको रकम अरूकाे हातमा पर्न सक्छ। खर्चिलो कामका लागि सरसापट लिनुपर्ला। तत्काल फाइदा लिँदा पछिको आम्दानी घट्न सक्छ। 
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusकर्मगरेर सोचेका कुरा पुरा हुनेछन मनोबल बढनेछ बैदेशीक कार्य अघि बढनेछ खर्च गर्दा र वोल्दा अलि ख्याल गर्नुहोला आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । परिस्थिति अनुकूल देखिए पनि काम गर्न समय लाग्नेछ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अवसरवादीहरूले फसाउन सक्छन्। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर काम थाल्नुहोला। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornधार्मीक र सामाजिक कार्यमा अरुचि बढनेछ अरुको विस्वास सजिलै जित्न सकिनेछैन व्यापारमा आउने संकट हटेर जानेछैन कर्म बलियो भएकोले प्रयत्न गरे केहि सफलता पाउन सकिनेछ आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । काममा व्यस्तता बढ्नेछ। केही अवसर गुमे पनि धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। बुद्धिको उपयोगले दिगो कामको जग बसाउन सकिनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साथीभाइको सहयोगले पनि काममा हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusस्वास्थमा समस्या निकै बढनेछ लेनदेनमा विबाद बढने छ शत्रुप्रस्थ मात्रामा बढनेछन गलत विचार बढनेछ समयमा निर्णय नहुदा कामहरु रोकिनेछ सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । बन्न लागेको काम विग्रिनेछ । समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ। शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। 

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesरमाइलो यात्रा गर्ने अवसर मिल्नेछ प्रेम गर्ने अवस मिल्नेछ बैबाहिक बन्धनमा बाँधिने वलियो सम्माभनाछ राज्यबाट बौध्दिकताको सहिमुल्याङ्कन गर्दै सम्मान गर्नछ रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आर्थिक कारोवारमा सफलता पाइएला । लाभदायक यात्रा होला । परिवारजनको साथले नयाँ आशा पलाउनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ। 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video