पर्यटन क्षेत्रको रु २५ अर्ब लगानी संकटमा  |  फेसबुक लाइभबाट अस्पतालको वार्षिकोत्सव  |  काँग्रेस जिल्ला सभापतिबाट पत्रकारलाई धम्की  |  कोरोनाको महामारीमा पनि कमाउ धन्दा, नक्कली स्यानिटाइजर बिक्री गर्ने पक्राउ  |  सिराहामा लकडाउन उलङघन गरी चलाईएको २८ वटा सवारी साधन कारबाही  |  प्रधानमन्त्रीको कर्मकाण्डी सम्बोधनले थप निराशा र अन्योल बढायो : केसी  |  खाद्यान्न सुरक्षित गरेर भान्सा प्रवेश गराउँदा कोरोनाको सङ्क्रमणको जोखिम कम हुने  |  आज मिति २०७६ चैत्र २६ गते बुधबार,२०२० मार्च ८ तारिख हेरौं आजको राशिफल  |  ‘अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’: सर्बोच्च अदालत  |  भारतबाट १७३ मालबाहक गाडी भित्रिए
शिक्षा /स्वास्थ्य
Feb 13, 2020
गुम्बामा फैलिएको रुघाखोकीका बिरामी सुधारोन्मुख
चौतारा, फागुन १ सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को गुम्बा गाउँमा केही दिनदेखि फैलिएको मौसमी रुघाखोकीका बिरामीहरु निको हुँदै गएकाले हालको अवस्था सुधारोन्मुख रहेको छ । हिजो दिनभरिमा एक सयभन्दा बढी बिरामी आएकामा त्यसको तुलनामा आज २४÷२५ जना मात्र आएको र उनीहरु पनि सामान्य रहेकाले आत्तिनुपर्ने अवस्था नभएको उपचारमा संलग्न डा पिताम्बर खनालले जानकारी दिनुभयो । एकापसमा घर जोडिएको बाक्लो बस्ती रहेको सो गाउँका प्रायः सबैलाई रोग सरेको पाइएकाले त्यसबाट सतर्क रहन माक्स लगाउन र साबुन पानीले हात धुनसमेत सचेत गराइएको डा खनालले वताउनुभयो । त्यहाँस्थित विद्यालयसमेत हिजोदेखि बन्द गरिएको छ । दुर्गम गाउँ भएकाले पालिकाले हिजोदेखि औषधिसहितको चिकित्सक टोली प्रभावित क्षेत्रमा गएर उपचार गरिरहेको छ । प्रभावित क्षेत्रमा पुगेका वाग्मती प्रदेशस्तरीय जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीले २५ जना विरामीको नमुना सङ्कलन गरी फर्किसकेका छन् । सङ्कलित नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरेपछि मात्र रोगको यकिन पहिचान हुने भएकाले चाँडै नै नतिजा आउने जिल्ला जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइँले बताउनुभयो । रासस –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video