कोरोनाको महामारीमा पनि बिप्लबका कार्यकर्ता पक्रदै प्रहरी,बिप्लबका १३ कार्यकर्ता पक्राउ  |  काँग्रेसका जिल्ला सभापतिहरुको बैठकको निष्कर्ष:विधानमै व्यवस्था नभएका विभागहरूमा मनोनयन गर्नु हास्यास्पद, त्यसलाई मान्दैनौं  |  आज देखि देशैभरी सवारी पास बितरणमा बन्द  |  वडाध्यक्ष धरौटीमा रिहा  |  मिति २०७७ साल साउन २९ गते विहिबार, अगष्ट १३ तारीख हेरौं राशिफल  |  ‘स्विफ्ट टटल’ पुच्छे ताराका कारण आज रातिदेखि उल्का वर्षा  |  कोरोनाको कारण आज देशैभर ४८४ जना संक्रमीत, काठमाण्डौं उपत्यकामा मात्र १३८ संक्रमीत भेटीए  |  बल्खुबाट खोलामा खसेका कान्तिपुरकर्मी पत्रकार बानियाँको सब हेटौडामा भेटीयो, यसरी भएको थियो घटना  |  साँखुमा तीन कोरोना सङ्क्रमित  |  आइसोलेशनलाई विद्यालयबाट स्थानान्तरण गरिने
प्रमुख समाचार
Feb 14, 2020
केरूङ नाकाको बन्द यथावत
काठमाडौँ, फागुन  २ कोरोना भाइरस सर्ने आशङ्काले बन्द भएको रसुवागढीदेखि केरूङसम्मको आवतजावत यथावतरूपले बन्द कायम राखिएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार कोरोना भाइरसको सङ्क्रमण सर्न नदिन छिमेकी अधिकारीको सहमतिमा गत पुस १५ गतेदेखि १५ दिनका लागि बन्द केरूङको आवतजावत सात दिनका लागि पुनःबन्द राख्न चिनियाँ अधिकारीलाई आग्रह गरिएको हो । रसुवागढी क्षेत्रमा स्वास्थ्यको पूर्वाधार निर्माण नभएका कारण सात दिनका लागि पुनः आवतजावत रोक्न रसुवा प्रशासनका तर्फबाट केरूङका अधिकारीलाई आग्रह गरिसकिएको बताइएको छ । चीनमा फैलिएको कोरोना भाइरसको लक्षण सीमा क्षेत्रमा हालसम्म देखा नपरेको र उक्त रोग नभित्रियोस् भन्ने उद्देश्यले केरूङ आवतजावत नगराउन आग्रह गरी सीमा क्षेत्रको टिमुरे क्षेत्रमा रोग नियन्त्रणसम्बन्धी स्वास्थ्यको चेतनामूलक कार्यक्रमसमेत सम्पन्न गरिसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रसुवागढी नाकामा रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले हालसम्म कुनै पनि कदम नचालेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video