समाज
Feb 15, 2020
नेपाल शिक्षक संघ शिवपुरी गाउँ कार्य समितिको तेस्रो स्थानिय प्रतिनिधि सभा सम्पन्न
काठमाडौँ, फागुन ३ । नेपाल शिक्षक संघ शिवपुरी गाउँ कार्य समितिको तेस्रो स्थानिय प्रतिनिधि सभा शनिबार सम्पन्न भएको छ।  नेपाल शिक्षक संघ शिवपुरी गाउँ कार्य समितिका अध्यक्ष माधव ठकुरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षक संघ जिल्ला कार्यसमितिका पदाधिकारी का साथै  शिवपुरी गाउँ पालिका भरिका शिक्षक संघमा आवद्ध शिक्षकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम मा बोल्नुहुँदै शिक्षक संघ जिल्ला कार्यसमिति सचिव नवराज लामिछानेले भन्नुभयो पेशागत हकहितका विषयमा आवाज उठाउनु पर्ने भएकाले  शिक्षक संघ सधै प्रतिपक्ष जस्तै देखिने  अहिले जिल्लाका विभिन्न स्थानिय तहले  शिक्षक संघमा आवद्ध पदाधिकारीलाई विभिन्न वहानामा पूर्वाग्रह राखि कार्य गरिरहेको वताउनु भयो ।

शिक्षक संघ जिल्ला कार्यसमितिका अर्थ सचिव कृष्ण कुमार श्रेष्ठले कार्यक्रममा बोल्नुहुँदै भन्नु भयो शिक्षकको पेशागत हक हितको लागि विगतका दिन देखि नै संघले कार्य गरिरहेको र आगामी दिनहरुमा पनि कार्य गर्ने शिक्षक महासंघ ले विगतका दिनमा राहत शिक्षकको आन्दोलनमा धोका दिन खोज्दा पनि शिक्षक संघले हस्तक्षेप गरि आन्दोलनलाई सफल बनाएको साथै दुई वर्ष देखि कार्य सम्पादन मुल्यांकन फारम शिवपुरी  गाउँ पालिका मा थन्किएर वसेको ले शिक्षकहरु आन्तरिक बढुवावाट वंचित हुने हुँदा शिक्षक संघले ध्यान आकर्षण गराएको, पञ्चकन्या गाउँपालिकाले शिक्षक संग छुट्टै कर उठाएको भन्ने सुनिन आएको ले शिक्षकहरु मर्कामा परेको भए अदालतमा मुद्दा हाल्न आग्रह गर्नुभयो।   यसरी अफ्ठेरो परिस्थितिमा आफ्नो पेशागत हक हितका लागि आवाज उठाउन संघमा आवद्ध हुनुपर्ने, वताउनु भयो। 
विद्यालय व्यवस्थापन  महासंघ शिवपुरीका अध्यक्ष हरि दुलाल ले बोल्नुहुँदै भन्नु भयो शिक्षक संघ शिवपुरी लाई आफुले सकेको आथिक तथा कुनै पनि सहयोग गर्ने साथै  मर्कामा परेको शिक्षकको आवाज सम्वन्धीत ठाउँमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो। 
शिक्षक कृष्ण विरहीले भन्नु भयो शिक्षक संघ संग आवद्ध सदस्य भएको विद्यालय को शैक्षिक स्तर माथि उठाउनु पर्ने त्यसो भएमात्र संघ लाई अरुले विस्वास गर्ने शिक्षकको  कार्य  दक्षतामा वृद्धि ल्याउन आफुले पनि सकेको सहयोग गर्ने  शिक्षक संघ शिवपुरी का सदस्य  रामहरि खड्का भनुभयो शिक्षक संघ संग आवद्ध शिक्षकहरुलाई नेताहरूको झोला बोकाउने भन्दा पनि संघ संग आवद्ध शिक्षकहरुलाई  आफ्नो कार्यमा  दक्ष वढाउन विभिन्न प्रविधिमैत्री कार्यक्रम संचालन गर्नु  पर्ने साथै संघ संग आवद्ध शिक्षकहरुलाई स्थाही र वढुवाको लागि तयारी कक्षा संचालन गर्नु पर्ने वताउनु भयो। नेपाल शिक्षक संघ शिवपुरी गाउँ कार्य समितिको अध्यक्ष एवं कार्यक्रमका सभापति माधव ठकुरी ले वोल्नु हुदै भन्नु भयो शिक्षक संघ शिवपुरी गाउँ कार्य समितिले शिक्षक पेशामा आवद्ध भई रिटाएर हुनुभएको शिक्षकहरुलाई विगतका दिन देखि  अभिन्नदन गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिरहने । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video