उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय  |  तातोपानी नाकाबाट चिनबाट खरिद गरिएको स्वास्थ्य सामग्री आयात  |  काठमाण्डौंमा रोकिएकालाई दुई दिन भित्र काठमाण्डौं बाहिर जान दिने उच्च स्तरीय समितिको निर्णय  |  चन्द्रागिरिका १० हजार परिवारलाई राहत  |  कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइने  |  लकडाउनका कारण भोकभोकै मर्न थाले गाईबस्तु  |  तीन महिनापछि खुल्यो तातोपानी नाका  |  सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन
राजनीति
Feb 18, 2020
कांग्रेस महामन्त्री कोइरालाले गरे जिल्ला भ्रमण तय,कहिेले कुन जिल्लामा ?
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा सशांक कोइरालाले पाँच नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणको कार्यक्रम तय गर्नुभएको छ । महामन्त्री कोइरालाको जिल्ला भ्रमण चैत्र ११ गतेबाट सुरु हुनेछ । कोइराला दाङमा जीपी कोइराला फाउन्डेशनको कार्यक्रममा सहभागि हुनका लागि चैत्र ११ गते दाङ जानुहुनेछ । उहाँले १२ गते दाङमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उहाँका नीजि सचिव एंव कांग्रेस महासमिति सदस्य भरत तिवारीले जानकारी दिनुभयो । 
महामन्त्री कोइराला दाङपछि नेपालगञ्ज जाने कार्यक्रम रहेको छ । नेपालगञ्जमा कोइरालाले चैत्र १३ गते नेपालगञ्जमा जिल्ला कार्यसमिति बाँकेले आयोजना  गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ । 
महामन्त्री कोइरालाले नेपालगञ्जबाट कपिलबस्तुमा जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नका लागि चैत्र १४ गते कपिलबस्तु पुग्नुहुनेछ । उहाँ कपिलबस्तुको कार्यक्रमलाई सम्बोधन गरेर रुपन्देहीको बुटवलमा बास बस्ने वा कपिलबस्तु बस्ने भने तय भइसकेको छैन् । 
त्यसैगरि कोइराला चैत्र १५ गते पाल्पा पुग्ने कार्यक्रम तय भएको छ । उहाँले पाल्पामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुनेछ । १५ गते पाल्पा नै बसेर कोइराला चैत्र १६ गते गुल्मीका लागि प्रस्थान गर्नुहुनेछ । उहाँ १५ गते गुल्मी बस्नुहुनेछ भने चैत्र १७ गते नेपाली कांग्रेसको गुल्मी जिल्ला सम्मेलनमा सहभागि भएर काठमाडौं फर्कने कार्यक्रम रहेको छ । 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video