‘अभाव झेलिरहेका नागरिकलाई नेपाल फर्कने व्यवस्था मिलाउनू’: सर्बोच्च अदालत  |  भारतबाट १७३ मालबाहक गाडी भित्रिए  |  एतिहाँसीक नुवाकोटको सिन्दूरे जात्रा स्थगित  |  पसलमा भीड हुन थालेपछि ‘लकडाउन’ कडा  |  नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी  |  काठमाण्डौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ५४५ सवारी नियन्त्रणमा  |  विद्यालयमा क्वारेन्टाइन सञ्चालनका लागि १२ बुँदे आचारसंहिता,के के छ आचारसंहितामा ?  |  राष्ट्रिय शैक्षिक परामर्श संघद्धारा बिदेशमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्न एक्सन टिम गठन  |  राहत वितरणको तस्वीर खिच्न नपाइने : नगरभित्र खाद्यान्नको एउटै दरभाउ  |  सङ्कटका काला बादल अवश्य हटेर जानेछन्ः प्रधानमन्त्री
प्रवासी खबर
Feb 18, 2020
सैनिक (पहिलो संशोधन) विधेयक सदनमा पेश
काठमाडौँ,  फागुन ६ प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई थप लोकतान्त्रिक बनाउन र सेनामा अलग्लै इन्टलिजेन्स विभाग खडा गर्ने व्यवस्थासहितको ‘सैनिक (पहिलो संशोधन) विधेयक, २०७६’ पेश गर्नुभएको छ । उहाँले नेपालको संविधानबमोजिम सेनालाई थप लोकतान्त्रिक र सुव्यवस्थित बनाउन विधेयकले मार्गप्रशस्त गर्ने जानकारी दिनुभयो । बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले पशु स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ पेश गर्नुभयो । बैठकमा मिडिया काउन्सिल विधेयक, २०७५, अन्तरदेशीय सङ्गठित अपराध विरुद्धको महासन्धिअन्तर्गत (पार्लेमो अभिसन्धि) का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिएको थियो । सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको वार्षिक प्रतिवेदन, २०७६ लाई बैठकमा पेश गर्नुभयो । शोक प्रस्ताव बैठकले २०४८ को संसदीय निर्वाचनमा नेपाली काँग्रेसबाट गुल्मी २ बाट निर्वाचित सांसद भागवत ज्ञवालीको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । नेपाली काँग्रेस गुल्मीका प्रथम जिल्ला सभापति समेत रहनुभएका उहाँको ७५ वर्षको उमेरमा आज बिहान ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा अल्सर रोगबाट निधन भएको थियो । प्रतिनिधिसभाको आगामी बैठक यही फागुन ८ गते दिउँसो १ बजे बस्नेछ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video