सीमाबाट आवतजावत गरे पाँच हजार जरिवानासहित १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय  |  वडा अध्यक्ष चढेको गाडीबाट एसएलआर र एयरगन बरामद, अध्यक्ष भने फरार  |  वन तथा वन्यजन्तुको तस्करी रोक्न निर्देशन  |  परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द गरिने  |  तारकेश्वर नगरपालीका सबै वडाहरुमा राहत वितरण शुरु  |  विपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत : मुख्यमन्त्री राई  |  नेपाल–भारत सीमा क्षेत्रमा खटिएका एक सय ३४ सशस्त्र प्रहरीलाई क्वारेन्टाइनमा राखियो  |  खाद्य व्यवस्था कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो  |  आज मिति २०७६ चैत्र २७ गते विहिबार,तदनुसार २०२० अप्रिल ९ तारिख हेरौं आजको राशिफल  |  गाडीबाट कोरोना फैलिने त्रास
शिक्षा /स्वास्थ्य
Feb 20, 2020
स्थानीय पाठ्यक्रम लागू गर्दै महालक्ष्मी नगरपालिका
ललितपुर, फागुन ८ नैतिक शिक्षामा बढवा दिन महालक्ष्मी नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । नयाँ शैक्षिक सत्र विस २०७७ बाट नगरपालिकाले नैतिक तथा व्यावहारिक स्थानीय ज्ञानसहितको पाठ्यक्रम लागू गर्ने जनाएको छ । कक्षा एकदेखि आठसम्म लागू हुने जनाइएको छ । एक सय पूर्णाङ्कको सो पाठ्यक्रम वर्षमा चार क्रेडिट आवर पढाउने तयारी अघि बढाइएको नगरपालिकाका प्रमुख शिक्षा अधिकृत रामबन्धु सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस पुस्तकको नाम नै स्थानीय पाठ्यक्रम रहने छ । नगरपालिकाको ऐतिहासिक परिचयदेखि पूर्वीय दर्शन र मूल्य मान्यताका बारेका सम्पूर्ण कुरा समेटेका छौँ ।” नगरपालिकाम ४२ संस्थागत र १५ सामुदायिक गरी ५७ वटै विद्यालय रहेका छन् । ती विद्यालयमा एकै साथ सो पाठ्यक्रम लागू गरिने तयारी भइसकेको नगरपालिकाले जनाएको छ । विद्यालयका शिक्षक, समाजसेवी, जनप्रतिनिधि बीचमा छलफल, सहमति र रायसुझावसहित पाठ्यक्रम तयार गरिएको बताइएको छ । नगरपालिकाले यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई तिक्ष्ण बनाउन अङ्ग्रेजी माध्यमलाई विशेष जोड दिँदै आएको छ । नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयबीचको शिक्षा सुधारको लागि बेलाबेलामा साझेदारी कार्यक्रम पनि हुने गर्छ । यस किसिमको साझेदारी कार्यक्रमले शिक्षक शिक्षकबीच ज्ञान र प्रविधिको आदनप्रदान भई सकारात्मक प्रतिस्पर्धा सिर्जना बढाएको नगरपालिका उपप्रमुख निर्मला थापाले बताउनुभयो । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video