धर्म/संस्कृति
Feb 20, 2020
भ्रमण वर्ष सफल बनाउन सांस्कृतिक मेला
काठमाडौँ, फागुन  ८ ‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउने उद्देश्यले आयोजित ‘दशौँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला–२०७६’ यही फागुन १६ गतेदेखि शुरु हुने भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मूल नारासहित एभरेष्ट नेपाल कल्चरल ग्रुपले आयोजना गर्ने सो मेला यही फागुन २५ गतेसम्म सञ्चालन हुनेछ । ग्रुपले आज यहाँ पत्रकार सम्मेलन गरी मेलामा नेपालसहित इस्टोनिया, बङ्गलादेश, श्रीलङ्का, डेनमार्क, इजरायल, भारत र मलेसियालगायतका देशबाट विभिन्न सांस्कृतिक समूहका २५० भन्दाबढी कलाकारले भाग लिने जानकारी दिएको छ । मेला अवधिभर कलाकारले आआफ्नो संस्कृति झल्कने वेषभूषा लगाई सांस्कृतिक झाँकी प्रस्तुत गर्ने र आ–आफ्नो देशको लोकगीत, सङ्गीत र लोक नृत्य प्रस्तुत गर्ने मेलाका संयोजक रामचन्द्र कोइरालाले जानकारी दिनुभयो । मेला काठमाडौँ, ललितपुर, पोखरा, जस्ता पर्यटकीय तथा ऐतिहासिक क्षेत्रमा आयोजना गरिनेछ । मेलाबाट देशका विविध संस्कृति, पुरातत्विक र अन्य पर्यटकीयस्थलको मात्र नभई सम्पूर्ण नेपालकै विश्वसामु प्रचारप्रसार हुनसक्ने अपेक्षा गरिएको छ । –––


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु

Video Gallery
  • मेरी बास्सै मेरी बास्सै
  • Video Video